Comments Add Comment

प्रहरीलाई दुई वटा मोटरसाइकल सहयोग

२३ पुस, गोरखा । जिल्ला प्रहरी कार्यालयलाई दुई थान मोटरसाइकल सहयोग प्राप्त भएको छ ।

गोरखा नगरपालिकाले बजाज कम्पनीका १ सय ५० सिसीको दुई वटा पल्सर वाइक सहयोग गरेको हो । वुधवार एक कार्यक्रममा बीच नगर प्रमुख राजनराज पन्तले जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीलाई मोटरसाइकलको चावी हस्तान्तरण गरेका छन् ।

जिल्लाको शान्ति सुरक्षा कायम गर्नका लागी थप सहयोग पुर्‍याउने लक्ष्यका साथ मोटरसाइकल उपलब्ध गराइएको नगर प्रमुख पन्तले बताए । ‘साधन स्रोतका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता सहित प्रहरी दिवसको अवसरमा नगरपालिकाले दुइ वटा बाइक सहयोग गर्छ भनेर औपचारिक घोषणा मैले गरेको थिए,’ उनले भने, ‘आज वाइक दिएर प्रतिवद्धता पुरा गरेका हौ ।’

प्राप्त भएको मोटरसाइलकले प्रहरी परिचालनमा सहयोग पुग्ने एसपी अधिकारीले बताए । ‘हामी सँग सवारी साधन अभाव नै छ, यो बाइकले प्रहरीको पहुँच समयमै पुर्‍याउन मद्धत पुग्ने बिश्वास लिएका छौ,’ उनले भने । सहयोग प्राप्त भएका उक्त मोटरसाइकलहरु सदरमुकाम आसपास नै प्रयोग गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment