+
+

रामेछापका उच्च भागमा हिमपात

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २४ गते ९:३७

२४ पुस, मन्थली । रामेछाप जिल्लाको माथिल्लो भागमा हिमपात भएपछि जिल्लामा चिसो बढेको छ । बुधबार दिउँसोदेखि जिल्लाको बेंसी भागमा पानी परेको छ भने उच्च भागमा हिमपात भएको छ ।

गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालुको माथिल्लो भागलगायतका क्षेत्रमा हिमपात भएको गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठले बताइन् । हिमपात भएपछि जनजीवन कष्टकर बनेको उनले जानकारी दिइन् ।

सो क्षेत्रमा केही दिनयता बारम्बार हिमपात भइरहेको छ । चिसोको कारण बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् ।
यसैगरी उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ति, प्रति, कुभुकास्थलीलगायतका क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातको कारण यातायात आवागमनमा समेत असहज भएको उमाकुण्ड गाउँपालिका-१ का वडाअध्यक्ष नुर्बु शेर्पाले बताए ।

दोरम्बा गाउँपालिकाको डडुवा, गौश्वारालगायतका शैलुङ क्षेत्रमा पनि हिमपात भएको छ । हिमपात र जाडोले जनजीवन कष्टकर भए पनि किसानहरु बालीनाली सपि्रने भन्दै खुसी भएका छन् । हिउँले माटो खाएपछि लेकाली क्षेत्रमा राम्रो उत्पादन हुने कृषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?