+
+

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २४ गते ११:१३

२४ पुस, रौतहट । रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार बिहान स्काभेटरमाथि आगजनी भएको छ ।

हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । आगजनीबाट स्काभेटरका महत्त्वपूर्ण भाग जलेको प्रहरीले जनाएको छ ।

आगजनीमा संलग्नबारे अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

आगजनी गरिएको स्काभेटर हुलाकी राजमार्गअन्तर्गत गुजराको सिमरी टोलको सडक निर्माणमा प्रयोग हुँदै आएको थियो । सडक श्रेष्ठ ढुकुछु सञ्जीवनी निर्माण कम्पनीले बनाउँदै आइरहेको थियो ।

स्काभेटरमा बिहीबार बिहान २ बजे आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले आगो निभाएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?