Comments Add Comment

आसाममा ३ लाख दर्शकमाझ गुञ्जिए प्रमोद

आसाममा आयोजित ‘डेइजिंग फेस्टिभल’ सकिएको छ । १२ दिन चलेको उक्त फेस्टिभल जनवरी ७ मा सकिएको हो । फेस्टिभलको अन्तिम दिन नेपालबाट आसाम पुगेका गायक प्रमोद खरेलले दर्शकलाई झुमाएका छन् ।

एसियाका विभिन्न कलाकारहरुको उपस्थिति रहेको यो फेस्टिभलमा बलिउडका धेरै सेलिब्रिटीहरुको प्रस्तुति रहेको थियो । बलिउडबाट मिका सिंह, विशाल शेखर, निति मोहनलगायतले त्यहाँ आफ्नो प्रस्तुति दिएका थिए ।

यो फेस्टिभलमा सहभागी हुने प्रमोद नेपालको पहिलो गायक हुन् । उनी आफ्नै व्याण्ड सहित आसाम पुगेका थिए । प्रमोदले आफ्नो हिट गीतदेखि पुराना गीतहरु कार्यक्रममा गाएका थिए । प्रमोदलाई गायिका मिना निरौलाले साथ दिएकी थिइन् ।

प्रमोदले करिव २ घण्टासम्म गीत गाएका थिए । ३ लाख दर्शकको अगाडि प्रमोदले आफ्नो प्रस्तुति दिएकाथिए । प्रमोदले आसामलाई मेरो मामाघर भनेपछि ‘भान्जा भान्जा’ भन्दै धेरैले हुटिङ गरेका थिए ।

फेस्टिभलमा प्रमोदले भिजिट नेपालको पनि प्रचार गर्न भ्याए । उनले अनलाइनखबरसँग भने–‘हामीले भिजिट नेपाल २०२० को बारेमा पनि कुरा गर्यौं । दर्शकलाई नेपाल आउन अनुरोध गर्यौं । आयोजकलाई हामीले नेपाली टोपी लगाइदिएर नेपाल घुम्न आमन्त्रण गरेका छौ ।’ उनी भन्छन्–‘साच्चिकै उक्त कार्यक्रम ऐतिहासिक भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment