Comments Add Comment

एभरेष्ट बैंकको एनआरएन बचत खातामा विशेष सुविधा

२२ पुस, काठमाडौं । एभरेष्ट बैंकले पान नेपालको उपस्थितिमा अग्रणी वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तिय सेवा तथा सुविधा प्रदान गर्ने घरयासी नाम बन्नका लागि एभरेष्ट बैंकमा खाता खोल्ने एनआरएलाई विशेष सुविधा पुर्‍याउने उद्देश्यले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

एभरेष्ट बैंकको प्रधान कार्यालय लाजिम्पाटमा भएको एक समारोहबीच एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक श्री गजेन्द्र कुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितीमा एमओयूमा हस्ताक्षर गरिएको हो ।

ईबीएलले एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिंग, ई-स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढी रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो ।

साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ९५ शाखाहरु, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाहृय सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment