Comments Add Comment

पुनर्निर्माणको कार्यप्रगति सन्तोषजनक : प्रधानमन्त्री

२५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कार्यप्रगति सन्तोषजनक भएको बताएका छन् ।

शुक्रबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को बैठकमा रानीपोखरी, धरहरा लगायतमा भइरहेको कामबारे सुनेपछि कार्यप्रगति सन्तोषजनक भएको बताएका हुन् । प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले निजी आवास निर्माण ६२ प्रतिशत सम्पन्न भएको बताए । वैशाखसम्म रानीपोखरी तयार हुने र धरहरा पुनर्निर्माणले पनि गति लिएको उनले बताए ।

त्यो सुनेपछि प्रधानमन्त्री ओलीले अहिलेसम्मको काम सन्तोषजक भएको भन्दै बाँकी काम छिटो गर्न पनि निर्देशन दिए ।

आफूलाई भेट्ने विदेशीहरुले पनि पुनर्निर्माणमा उल्लेख्य प्रगति भएको सुनाउने गरेको भन्दै उनले उद्दारदेखि अहिलेसम्म प्राप्त अनुभव संकलन गरेर सुरक्षित राख्न पनि आग्रह गरेका छन् । उनले एकीकृत वस्ती निर्माणमा पनि जागरण ल्याउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment