+
+
Shares

गोरखामा एनसेल टावरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २६ गते ११:४२

२६ पुस, गोरखा । गोरखाको सहिद लखन गाउँपालिका-१ बक्राङ भोक्टेनिमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । शुक्रबार राति करिब ११:३० बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

‘राति त्यो टावरको कनेक्सनमा समस्या देखियो,’ एसपी ओमप्रसाद अधिकारीले भने, ‘एनसेलका कर्मचारी र हाम्रो टोली त्यहाँ पुग्दा आगलागी भएको थाहा भयो ।’

आगलागीबाट टावरको तारमा क्षति पुगेको उनले बताए । जुटको बोरा र पराल प्रयोग गरेर आगो लगाइएको एसपी अधिकारिको भनाइ छ ।

टावरमा आगजनी भएसँगै सो क्षेत्रमा सेवा प्रभावित बनेको छ । आगजनी गर्नेको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?