Comments Add Comment

त्रिभुवन विमानस्थलको शौचालय पुगेर पर्यटनमन्त्रीले सोधे-टिस्यु पेपर खै हाकिम सा’ब ?

'काम गर्न नसक्ने भए ठाउँ खाली गर्नुस्' 

Photo Credit : ट्युव नेपाल

२६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमनमा पुगे । उनले मुख्य गरी शौचालयहरुको निरीक्षण गरे ।

जब उनी शौचालयहरु हेर्न पुगे, हात धोएपछि पुछ्न न टिस्यु पेपर राखेको देखे, न ड्रयाकर मेसिन नै ।

किन नराखेको भनेर विमानस्थल हाकिम र सरसफाइ व्यवस्थापन हेर्नेहरुसँग सोधे । उनीहरुले ड्रयाकर मेसिन ल्याउन टेन्डर भइसकेको भन्दै टार्न खोजे ।

उनीहरुले यात्रुले टिस्यु पेपरले जुत्ता पनि पुछ्ने गर्दा धेरै टिस्यु खर्च हुन्छ मन्त्री भट्टराई जंगिए र भने,’हुन्छ त खर्च, हात पुछ्न त पर्‍यो नि  !’

उनले यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख राजन पोखरेलको पनि ध्यानाकर्षण गराए ।

मन्त्री भट्टराईले अवलोकनमा क्रममा शौचालयमा एयर रिफ्रेसर पनि नराखिएको र  शौचालय पनि फोहोर भएको भन्दै असुन्तष्टि जनाए ।

विमानस्थललका विभिन्न भागमा अलपत्र छाडिएका फोहर र फोहोर पानी देखाउँदै उनले सोधे,’यो के हो हाकिम सा’ब ?’ हरेक समयमा शौचालय पुछेर सुख्खा पारेर राख्न र नगन्हाउने गरी व्यवस्थापन गर्न निर्देशन दिए । उनले विमानस्थलकान हाकिमलाई काम गर्न नसक्ने भए ठाउँ खाली गरेर जान पनि भने ।

‘कतार, सिंगापुर, दोहाको एयरपोर्ट हेरेर यात्रु आउँछन्, र यहाँ पनि त्यही अपेक्षा गर्छन्, त्यो स्वभाविक हो,’ उनले भने,’सफा राख्ने कुरामा हामील सम्झौता गर्नुहुँदैन, गुनासो नआउने अवस्था बनाउनुपर्छ ।’

भट्टराईले कतिपयले भने नेपालाई होच्याउने र पर्यटक नै आउन नदिने खालको नियत नै राख्ने गरेको भन्दै सकेसम्म गुनासो गर्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्ने बताए । उनले विमानस्थल व्यवस्थापनका अधिकारीहरुलाई दैनिक रुपमा अनुगमन गरेर सरसफाइको व्यवस्थापन गर्न निर्देशन दिए ।

मन्त्री भट्टराईले दिनमा पटक-पटक सरसफाइको अवस्था हेर्नुपर्ने भन्दै पर्यटक वर्षमा आएका पर्यटकलाई निरास बन्ने अवस्था आउन दिन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment