Comments Add Comment

‘जिन्दगीलाई धेरै गंभिरतापूर्वक नलिनुहोस्’

(चेतन भगत, जसले लेखेका उपन्यास हामीमध्ये धेरैले पढेका छौं । फाइभ प्वाइन्ट समवान’, ‘वन नाइट एट कल सेन्टर’, ‘हाफ गर्लफ्रेन्ड’, ‘द थ्रि मिस्टेक्स अफ माइ लाइफ’ आदि उनका कृति नेपालका प्लस टु पुस्तामाझ पनि लोकपि्रय छ । चेतन भगत उपन्यासकार त हुन नै, साथसाथै प्रेरक वक्ता पनि । उनी युवापुस्तालाई उत्प्रेरणा जगाउने भाषण दिन पनि माहिर छन् ।  चेतन भगतले कुनै सन्दर्भमा दिएका भाषणको सम्पादित अंश  ।’)

कसरी जगाउने उर्जा ?

तपाईजस्ता विद्यार्थीलाई देख्दा मेरो भित्री उर्जा जाग्छ । तर, जति जति मानिसको उमेर ढल्दै जान्छ, उनीहरुमा यस्तो उर्जा खिइदै गएको पाउँछु । यस्ता व्यक्ति जसमा पटक्कै उर्जा हुँदैन, जो उदास, लक्ष्यहिन र कामहिन हुन्छन् ।

त, साथीहरु यो उर्जा/जोशलाई कसरी बचाइराख्ने ?

यो उर्जालाई कुनै दियोको रुपमा परिकल्पना गर्नुहोस् । सबैभन्दा पहिला त्यसलाई जोगाउनुपर्‍यो ।  भरणपोषण गर्नुपर्‍यो । त्यसलाई लगातार इन्धनको जरुरत हुन्छ । साथसाथै, त्यसलाई आँधी तुफानबाट पनि बचाउनुपर्छ ।

पोषणका लागि, सधै लक्ष्य बनाउनुपर्छ । यो मानिसको प्रवृत्ति हो कि, प्रयास गरौं । सुधार गरौं । जे राम्रो कुरा प्राप्त गर्न सकिन्छ, प्राप्त गरौं । खासमा यसैलाई सफलता भनिन्छ । यो त्यही हो, जुन तपाईको लागि संभव छ । यो कुनै बाहिरी मापदण्ड होइन । जस्तो कि कम्पनीद्वारा गरिने प्याकेज, कुनै कार, कुनै घर ।

हाम्रो लक्ष्य के हो ?

हामीमध्ये धेरैजसो मध्यमबर्गिय परिवारका सदस्य छौं । हाम्रो लागि भौतिक सुख सुविधा सफलताको सूचक हुन् । र, सही हो । जब हामी ठूला हुन्छौं, पैसा हाम्रो दैनिक गुजाराको आवश्यक्ता बन्छ । यस्तो अवस्थामा आर्थिकरुपले सवल र आत्मनिर्भर हुनु ठूलो सफलता हो । प्राप्ति हो ।

चेतन भगत

तर, यो जिन्दगीको उदेश्य होइन, यदि यस्तो हो भने मिस्टर अम्बानी काममा जाँदैनन् । शाहरुख खान घरमै बस्छन् । स्टिभ जब्स अरु बढी राम्रो आइफोन बनाउनका लागि मिहेनत गर्दैनन् । उनीहरुसँग ति सबै भौतिक सुख सुविधा छ । पर्याप्त पैसा छ । तरपनि उनीहरु किन काम गर्छन् ? किन मिहेनत गर्छन् ?

उनीहरु यसकारण काम गर्छन् कि, त्यसले उनीहरुलाई खुसी दिलाउँछ । उनीहरु यसकारण काम गर्छन् कि, त्यसले उनीहरुलाई आफ्नो अतित्व बोध हुन्छ । आफ्नो स्तरमा सुधार ल्याउँदा त्यसले थप राम्रो अनुभूत गराउँछ । यदि तपाई मिहेनतले पढ्नुहुन्छ भने, तपाईको स्तरमा सुधार आउन सक्छ । यदि तपाई मानिसहरुसँग अन्र्तक्रिया गर्नुहुन्छ भने तपाई राम्ररी अन्र्तवार्ता गर्न सक्नुहुनेछ ।

प्रकृतिले हामीलाई अनेक जिनको संयोग र विभिन्न परिस्थितीको हिसबले डिजाइन गरेको छ । खुसी रहनका लागि हामीले यसलाई आत्मसात गर्नुपर्छ । र, प्रकृतिको यस डिजाइनबाट धेरैभन्दा धेरै लाभ उठाउनुपर्छ । यसो गरेमा लक्ष्यले तपाईको साथ दिनेछ ।

सन्तुलित र सफल जीवनको लक्ष्य

आफ्नो लागि केवल करियर र शैक्षिक लक्ष्य मात्र नबनाउनुहोस् । यस्तो लक्ष्य बनाउनुहोस्, जसले तपाईलाई सन्तुलित र सफलतम् जीवन दिन्छ । तपाईको ब्रेकअप भएको बेला अफिसमा स्तरोन्नती हुनुले खास अर्थ राख्दैन । कार चलाउनमा कुनै मज्जा आउँदैन, यदि कम्मर दुखिरहेको छ भने । दिमागमा तनाव भरिएको छ भने सपिङको आनन्द उठाउन सकिदैन ।

तपाइले केहि भनाइहरु सुन्नुभएकै होला, ‘जिन्दगी एक कठिन रेस हो, यो एक म्याराथुन हो ।’ होइन, यस्तो होइन, जुन मैले अहिलेसम्म देखें । भोगें ।

जिन्दगी नर्सरी स्कुलमा हुने त्यही रेस हो, जसमा तपाई चम्चामा राखिएको गुच्चा (मार्बल)लाई मुखले दबाएर दौडनुहुन्थ्यो । यदि गुच्चा झर्‍यो भने, दौडमा प्रथम हुनुको कुनै अर्थ रहन्न ।

जिन्दगी यस्तै हो, जहाँ स्वास्थ्य र बाटो त्यस गुच्चाको प्रतिक हो । तपाईको प्रयास त्यसबेलासम्म सार्थक हुन्छ, जबसम्म आफ्नो जीवनमा सामन्जस्य मिल्छ । यदि त्यसो भएन भने, भलै तपाई सफल हुनुहोला । तर यो उर्जा, यो उत्साह र जीवित हुनुको अनुभूत विस्तारै विस्तारै क्षय हुँदै जानेछ ।

जिन्दगीलाई धेरै गंभिरतापूर्वक नलिनुहोस्

उर्जालाई पोषण दिने एक अन्तिम चिज हो, जिन्दगीलाई गंभिरतापूर्वक नसोच्नु । जीवनलाई गंभिरतापूर्वक लिनु आवश्यक छैन । मेरो एक योगा शिक्षक क्लासको क्रममा विद्यार्थीलाई हँसाउथे । एक विद्यार्थीले सोधे, ‘के यस्तै जोक वा हाँसी मजाक गर्दा योगको अभ्यासको समय व्यर्थ नष्ट हुँदैन ?’

तब शिक्षकले भने, ‘इमान्दारीपूर्वक गंभिर नहुनुहोस् ।’

जिन्दगीलाई गंभिरतापूर्वक नलिनुहोस् । हामी यहाँ अस्थायी छौं । हामी सबै एक पि्र पेड कार्ड जस्तै छौ, जसको सीमित बैधता हुन्छ ।

हामीलाई शरीरले साथ दियो भने, अरु पचास बर्ष बाचौंला । ५० बर्ष अर्थात २५ सय सप्ताहन्त । के हामीले वास्तवमै आफ्नो काममा डुब्नुपर्छ ? केहि क्लास बंक गर्नु, केहि पेपरमा कम स्कोर लिन, केहि अन्र्तवार्तामा नाम ननिकाल्नु, कामबाट छुटी लिनु, प्रेममा पर्नु, सानोतिनो झगडा गर्नु । सबै ठिक हो । हामी सबै मानिस हौं । प्रोगामर डिभाइस होइनौं । यन्त्रमानव होइनौं ।

मैले तपाइहरुलाइृ तीन कुरा बताए, समुचित लक्ष्य, सन्तुलन र जिन्दगीलाई धेरै गंभिरतापूर्वक ननिलु । यसले उर्जालाई पोषण दिन्छ ।

तर जिन्दगीमा चार ठूलो तुफानले तपाईभित्र बलेको उर्जाको दियो निभाउने कोसिस गर्नेछ । यसबाट बचाउनु जरुरी हुन्छ । यो हो, निरासा, कुन्ठा, अन्याय र जीवनमा कुनै उदेश्य नहुनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment