+
+

मीरा राईको नेतृत्वमा चम्पादेवी ट्रेलको सरसफाइ (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७६ पुष २७ गते १३:२७

२७ पुस, काठमाडौं । अल्ट्रा धाविका मीरा राईको नाममा सञ्चालित मीरा राई इनिसिएटिभले काठमाडौंको चम्पादेवी क्षेत्रमा बाटो सरसफाइ गरेको छ ।

हात्तीवनदेखि चम्पादेवीसम्मको बाटो वरपरका फोहोर उठाएर सरसफाइ गरिएको छ । फोहोर उठाउने स्वयंसेवक र खेलाडीहरुले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरेका छन् ।

फोहोर उठाउने काममा दक्षिणकाली नगरपालिकाले पनि सहयोग गरेको छ । नेपाल भ्रमण वर्षको अवसर पारेर चम्पादेवी ट्रेलको सरसफाइ तथा जागरुक अभियान सञ्चालन गरेको मीरा राई इनिसिएटिभले जनाएको छ ।

फोहोर संकलनपछि यो बाटोको ठाउँठाउँमा डस्टविन राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?