![](https://www.onlinekhabar.com/wp-content/uploads/2020/01/36a60f8627ea7f14e324d3428c4ef7cc.jpg)
भीष्म पितामह एक महान योद्धा, उत्तम नेतृत्वकर्ता मात्र थिएनन्, महाभारतका यी अहंम पात्र ऐतिहासिक हिसाबले पनि प्रशिद्ध छन् । अहिलेका पुस्ताले उनको जीवनबाट धेरै कुरा सिक्न सक्छन् । भीष्म राजा शान्तनु र गंगाका सन्तान थिए । भीष्म पितामहलाई महाभारतमा निर्वाह गरेको भूमिकाका लागि चिनिन्छ ।
भीष्मलाई मिलेको थियो इच्छा मृत्युको वरदान
भनिन्छ कि, भीष्म पितामहलाई उनका पिता शान्तनुबाट इच्छा मृत्युको वरदान मिलेको थियो, जस अनुसार ऊ आफ्नो इच्छा अनुसार मृत्युवरण गर्न सक्थे ।
उनी अरुको कारण होइन, आफ्नै मर्जीले शरीर त्याग गर्न सक्थे । उनको इच्छा विपरित उनलाई कसैले मार्न सक्दैनथे ।
महाभारतमा भीष्मले कौरवको साथ
सबैभन्दा श्रेष्ठ, ज्ञानी, पराक्रमी, असल-खराब छुट्याउन सक्ने भएर पनि भीष्म पितामहले महाभारतमा कौरवको तर्फबाट युद्ध गर्ने निर्णय गरेका थिए । उनले आफ्नो यस निर्णयको औचित्य त्यसबेला बुझाए, जब ऊ मृत्यु शैयमा पुगेका थिए । उनले त्यस समय बताएका थिए कि, उनी कौरवको पक्षमा यसकारण थिए कि उसले कौरवको नुन खाएका थिए । नुनको मूल्य चुकाउनका लागि उनले यस्तो कदम उठाउनुपर्यो । अर्थात कौरवको पक्षमा रहेर महाभारतमा पान्डवको विरुद्ध उभिनुपर्यो ।
५८ दिनसम्म तीरको ओछ्यानमा भीष्म
युद्धका क्रममा भीष्म पितामहको ध्यान शिखन्डीको कारण विचलित भएको थियो र यसको लाभ उठाउँदै अर्जुनले उनीमाथि आक्रमण गरे । यस आक्रमणबाट ऊ एकदम विक्षिप्त भएका थिए । उनलाई विश्रामका लागि बाणको शैय बनाइएको थियो । उनले वरदान पाएका थिए कि ऊ आफ्नो मर्जी अनुसार शरीर त्याग गर्न सक्नेछन् ।
गंभीर रुपले घाइते भएपछि उनले निर्णय लिएका थिए कि जब सूर्य उत्तरायणमा हुन्छ, तब ऊ मृत्युलाई अंकमाल गर्नेछ । के भनिन्थ्यो भने, उत्तरायणका क्रममा जसको मृत्यु हुन्छ, ऊ स्वर्ग पुग्छ । यही कारण उनले ५८ दिनसम्म प्रतिक्षा गर्नुपरेको थियो ।
जब भीष्म पितामहले युधिष्ठिरलाई बताए अनौठो रहस्य
कुनैपनि सम्बन्धमा अन्तरंगता हुन जरुरी छ । के भनिन्छ भने, जहाँ पुरुष दिनमा केही पटक रति क्रियाको आनन्द लिन चाहन्छन्, त्यसैगरी एक सच्चाई यो पनि हो कि महिला पनि पुरुषले जस्तै आनन्दित हुन्छन् । तर, सबैभन्दा ठूलो रहस्य त के भने महिला वा पुरुषमध्ये यस क्रियामा कसले बढी आनन्द अनुभूत गर्छ ?
महाभारतमा अनुशासन पर्वमा मानव जीवनसँग जोडिएका केही मूल्य र मान्यताको चर्चा छ । युधिष्ठिरलाई एक प्रश्नले लामो समयसम्म चिन्तित तुल्याएको थियो । शरशैयामा लडेर मृत्युको प्रतिक्षा गरिरहेका भीष्मलाई उनले यो प्रश्न सोधेका थिए । युधिष्ठिरले भीष्मसँग सोधेका थिए कि, सहवासको क्रममा स्त्री-पुरुषमध्ये मिलनको सुख कसले बढी प्राप्त गर्छ ? यौन क्रियाका बेला धेरै आनन्द कसले बढी प्राप्त गर्छ ?
भीष्मले उत्तर दिए, ‘यस प्रश्नको उत्तर दिनु कठिन छ, जबसम्म स्त्री र पुरुष दुबैको अनुभव एकसाथ आउँदैन ।’ भीष्मले थपे, ‘युधिष्ठिर तिम्रो यो प्रश्नको उत्तर भंगस्वाना र सकराको कथाको माध्याबाट दिन सकिन्छ । तिम्रो प्रश्नको उत्तर पाउनका लागि यो कथा सुन ।’
धेरै समयअघि भगस्वाना नामका एक राजा बस्दथे । ऊ न्यायपि्रय र यशस्वी थिए, तर उनको कुनै पुत्र थिएन । पुत्रको चाहमा ति राजाले ‘अग्नीष्टुता’ अनुष्ठान गरे । हवनमा केवल अग्नि देवताको आदार हुन्थ्यो, यसले गर्दा देवराज इन्द्र एकदम क्रोधित भए ।
इन्द्रले आफ्नो रिस देखाउनका लागि दन्ड दिन चाहेका थिए । एक दिन राजा शिकारमा निस्किए, तब उनलाई इन्द्रले सम्मोहित गरिदिए । राजा भंगस्वाना जंगलमा उताउता भड्कन थाले । उन बिल्लिबाठ भए । आफु कहाँ छु, कहाँ जाने, सेनाहरु कहाँ छन् उनले केहीपनि देखेनन् ।
उनी भोक, प्यास र थकानले व्याकुल भए ।
अचानक उनले एक सानो नदी देखे, जो जादुयी रुपवान् देखिन्थे । राजा उक्त नदीतर्फ बढे । उनले पहिले आफ्ना घोडालाई पानी पिलाए, अनि आफुले पिए ।
जसै राजा नदीको भित्र प्रवेश गरे, पानी पिए, उनले देखे कि त्यो बादल थियो । उक्त बादल विस्तारै विस्तारै स्त्रीमा बदलिए । त्यो उनको प्रतिविम्ब थियो । पानीमा आफ्नो यस्तो स्वरुप देखेर ति राजा विलाप गर्न लागे । उनलाई थाहा भइरहेको थिएन कि, उनलाई यस्तो किन भइरहेको छ ?
राजा भंगस्वाना सोच्न थाले, ‘हे प्रभु ! पुरुषबाट महिला बनेपछि म राज्यको जनतासामु कसरी मुख देखाउनु ? मेरो अग्नीष्टुता अनुष्ठानबाट मेरो १ सय पुत्र भए । उनीहरुको सामना कसरी गरौं, के गरौं ? मेरी रानी, महारानी जो मेरो प्रतीक्षा गरिरहेका छन्, उनीहरुसँग कसरी भेटौं ? मेरो पौरुषका साथसाथ मेरो राजकाज सबै हराउनेछ ।’
स्त्रीको रुपमा जब राजा दरबार फर्किए, उनलाई देखेर सबैजना दुःखी भए । राजाले सभा बोलाए र फैसला सुनाउदै आफ्नो राजकाज छाडेको घोषणा गरे । उनी बाँकी जीवन जंगलमा विताउने बताउन थाले ।
अन्ततः उनी जंगलतर्फ लागे । जंगलमा उनी स्त्रीको रुपमा एक तपस्वीको आश्रममा बस्न थाले ।
त्यहाँ उनले पुत्रलाई जन्म दिए । ति पुत्रलाई लिएर उनी पुरानो राज्यमा फर्किए र अनुष्ठानबाट भएका बच्चासँग भन्न थाले, ‘तिमी मेरो छोरा हौ, जब म एक पुरुष थिए, यी मेरा छोरो हुन् जब म एक स्त्री हुँ । तिमीहरुले मिलेर मेरो राज्य सम्हाल ।’ त्यसपछि सबै भाई मिलेर राज्य सम्हाल्न लागे ।
सबै खुसी र सुखीसाथ जीवन विताउन थाले । यो देखेर फेरी देवराज इन्द्रलाई रिस उठ्यो । उनले बदलाको भावना लिए । इन्द्रले सोचे कि, मैले राजालाई पुरुषबाट स्त्रीमा बदलेर नराम्रो होइन राम्रो पो गरेछु ।
त्यसपछि उनी ब्राम्हणको रुप धारण गरे र राजा भंगस्वानाको राज्यमा पुगे , त्यहाँ पुगेर उनले सबै राजकुमारलाई भाँड्न थाले ।
सबै दाजुभाई आपसमा लडाई, झगडा गर्न थाले । एकअर्कालाई मार्न थाले । जब यो कुरा भंगस्वानालाई थाहा भयो, उनीहरु शोकाकुल भए ।
ब्राम्हाणको रुपमा इन्द्र राजाकहाँ पुगे र सोधे, किन रोएको ?
भंगस्वानाले रुँदै पुरा घटनाको बेलिबिस्तार लगाए तब इन्द्रले आफ्नो असली रुप देखाएर राजालाई उनको गल्तीबारे औंल्याइदिए ।
इन्द्रले भने, ‘किनभने तिमीले केवल अग्नीको पूजा गरेर मेरो अनादर गर्यौं । यैले तिम्रोलागि मैले यस्तो खेल रचें ।’
सुनेर भंगस्वाना इन्द्रको गोडामा झुके र आफुले अन्जानमा गरेको गल्तीप्रति माफी मागे । राजाको यस्तो दयनीय दशा देखेर इन्द्रलाई दया लाग्यो । इन्द्रले राजालाई माफ गर्दै आफ्नो छोराहरु जीवित गर्ने वरदान दिए ।
इन्द्रले भने, ‘हे स्त्री रुपी राजन, आफ्नो बच्चामा कुनै एकलाई जीवित गर ।’ भगस्वानाले इन्द्रसँग भने कि, यदि त्यसो हो भने मेरो त्यही छोरालाई जीवित गरिदिनुहोस् जसलाई मैले स्त्री भएछि जन्माएको थिएँ ।
इन्द्रले यसको कारण सोधे ।
राजाले जबाफ दिए, ‘हे इन्द्र, एक स्त्रीको प्रेम, एक पुरुषको प्रेमभन्दा धेरै बढी हुन्छ । यसैले मैले आफ्नो कोखबाट जन्म लिएको बालकको जीवन दान माग्छु ।’
राजाले सबै छोरालाई जीवित गरिदिए । त्यसपछि राजालाई पुन पुरुषको रुपमा रुपान्तरण गर्न चाहे । तर, राजाले यस कुरामा मन्जुर भएनन् ।
स्त्री रुपी भंगस्वानाले भने कि मलाई स्त्रीकै रुपमा ठिक छ । तब इन्द्रले सोधे, ‘किन तिमी पुरुष बनेर राजकाज सम्हाल्न चाहँदैनौ ?’
भंगस्वानाले भने, ‘किनभने संभोगको समयमा स्त्रीलाई पुरुषभन्दा केही गुणा बढी आनन्द, तृप्ति र सुख मिल्छ । यसैले म स्त्री नै रहन चाहन्छु । ‘
कथाको बिट मारेपछि भीष्मले भने, ‘हे युधिष्ठिर, यो कुरा स्पष्ट छ कि स्त्रीको सम्बन्धको समय पुरुषलाई भन्दा बढी सुख मिल्छ र स्त्री पुरुषभन्दा धेरै गुणा संवेदनशील हुन्छन् ।’
प्रतिक्रिया 4