
२ माघ, काठमाडौं । ट्याङ्करको ठक्करबाट चितवनको खैरहनीमा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा बिहीबार बिहान ठक्कर दिँदा ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका परिचय खुल्न नसकेका व्यक्तिको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4