Comments Add Comment

डोरबहादुर विष्टको ‘फेटालिज्म एण्ड डेभलप्मेन्ट’ नेपालीमा

२ माघ, काठमाडौं । मानवशास्त्री प्राध्यापक डा. डोरबहादुर विष्टको चर्चित पुस्तक ‘फेटालिज्म एण्ड डेभलप्मेन्ट’ नेपाली भाषामा पढ्न पाइने भएको छ । पुस्तकको नेपाली अनुवाद ‘भाग्यवाद र विकास’ आगामी शनिबार ललितपुरमा विमोचन हुँदैछ ।

पहिलो पटक सन् १९९१ मा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद कर्णाली इन्स्टिच्युट र त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र विभागले विष्टको ९३ औं जन्म उत्सवको अवसरमा सार्वजनिक गर्न लागिएको हो ।

‘फेटालिज्म एण्ड डेभलपमेन्ट’का अनुवाद बसन्त थापा नेपाली समाजको वास्तविकता बुझ्न चाहनेहरूका लागि पुस्तक उपयोगी हुने बताउँछन् । ‘दोस्रो युद्धको अन्त्यपछि नै नेपालले विकासका नाममा वैदेशिक सहयोग लिन थालेको देखिन्छ’ उनी भन्छन्, ‘तर नेपाल किन विकसित भएन भन्नेबारे विष्टको दृष्टिकोण पुस्तकमा पढ्न पाइन्छ ।’

यो पनि पढ्नुहोस डोरबहादुर विष्टको ‘अन्तिम प्राज्ञिक योगदान’का साक्षीको बयान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment