Comments Add Comment

बार्सिलोनाको प्रशिक्षक बन्न किन अस्वीकार गरे जाभीले ?

काठमाडौं । जाभीले पूर्व क्लब बार्सिलोनाबाट प्रशिक्षक बन्न प्रस्ताव आएको तर आफूले अस्वीकार गरको बताएका छन् ।

बार्सिलोनाका प्रमुख कार्यकारी ओस्कार ग्राउ र स्पोर्टिङ डिरेक्टर एरिक अबिदालले एर्नेस्टो भेलभर्डलाई बर्खास्त गरेपछि आफूलाई गत साता प्रशिक्षकको लागि अफर गरेको जाभीले बताएका हुन् ।

‘म त्यो प्रस्तावमा सहमत भइन, विशेष गरी मेरो लागि यो अली चाँडो भयो,’ ३९ वर्षीय जाभीले भने, ‘तर भविष्यमा बार्सिलोनाको प्रशिक्षक बन्ने मेरो ड्रिम कायमै छ ।’

ला लिगा लिडर बार्सिलोनाले भेलभर्डलाई बर्खास्त गरेपछि यल बेटिसका पूर्वप्रशिक्षक किके सेटिएनलाई प्रशिक्षक बनाइसकेको छ ।

स्पेनिस लिजेण्ड जाभी हाल कतारी क्लब अल सादका मुख्य प्रशिक्षक छन् । गत मे मा खेलाडी करियर सकाउँदै उनी त्यहाँ प्रशिक्षक बनेका थिए ।

जाभीले सन् १९९८ देखि २०१८ सम्म बार्सिलोनाका लागि ७५० खेल खेलेका थिए । उनले सेटिएनलाई आफूले माया गर्नेसमेत बताएका छन् । ‘उनको काम गर्ने शैली मलाई मन पर्छ र टिमसँग उनको सफलताको कामना गर्नेछु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment