+
+

मैनाबगरबाट चोरी भएको एम्बुलेन्स नुवाकोटमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १६:१२

३ माघ,बुटवल । बुटवलको मैनाबगरबाट चोरी भएको एम्बुलेन्स पाल्पाको तिनाउ गाउँपालिका नुवाकोट जंगलमा फेला परेको छ । मैनाबगरस्थित नव दुर्गा अटोमोबाइल्समा मर्मतका लागि राखिएको लु १ च ९४२० नम्बरको एम्बुलेन्स माघ १ गते राति चोरी भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलीले खोजतलासका क्रममा नुवाकोटको जंगलमा एम्बुलेन्स फेला पारेको हो ।

एम्बुलेन्स फेला परेपनि चोरीमा संलग्न व्यक्तिहरु फेला नपरेका र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । चोरी भएको एम्बुलेन्स रुपन्देहीको कञ्चन गाउँपालिकास्थित सुनौलो शान्ति क्लबको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?