Comments Add Comment

वीरगञ्जमा जुत्ता-चप्पल व्यापार मेला हुने

३ माघ, वीरगञ्ज । वीरगञ्जमा एक महिनासम्म जुत्ता-चप्पल व्यापार मेला आयोजना हुने भएको छ । आगामी माघ ६ गतेदेखि फागुन ५ गतेसम्म चल्ने मेलामा नेपाल र भारतका करिब २ लाख ग्राहकले अवलोकन गर्ने दावी आयोजकको छ ।

१ लाख जोडी जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । वीरगञ्ज घण्टाघरस्थित मधेसी सहिद पार्कमा लाग्ने मेलामा ७ वटा कम्पनीका ४० भन्दा बढी स्टल रहने मेला समितिका रामकृष्ण प्रसाईँले जानकारी दिए । मेलामा हरेक जुत्ता-चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट हुने दाबी उनको छ ।

पत्रकार सम्मेलनमा प्रसाईँले मेलामा शिखर, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल लाइफ कम्पनीको उत्पादन बिक्रीको लागि राखिने बताए ।

स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुको साथै सस्तो मुल्यमा स्तरीय फुटवेयर उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको मेला सञ्चलक समितिका रुद्र न्यौपानेले जानकारी दिए ।

यसअघि विराटनगर, हेटौंडा, बुटवल, पोखरा, काठमाडौंमा जुत्ता-चप्पल व्यापार मेला आयोजना भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment