Comments Add Comment

अफिन प्रदेश ५ को अध्यक्षमा खरेल

५ माघ, बुटवल । निजी अस्पतालहरुको छाता संस्था एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन )को प्रदेश ५ को अध्यक्षमा बुटवलका रामप्रसाद खरेल निर्वाचित भएका छन् ।

बुटवलमा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट खरेल अफिनको प्रदेश अध्यक्षमा सर्बसम्मत भएका हुन ।

९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा किशोर खत्री, सचिवमा मुक्तिराज पौडेल र कोषाध्यक्षमा अर्जुन पौडेल सर्बसम्मत भएका छन् ।

समितिको अन्य सदस्यहरुमा दिनेश आचार्य, डा. दिनेश चौधरी, महेश श्रेष्ठ, गोपाल श्रेष्ठ र गणेशप्रसाद ज्ञवाली पनि सर्वसम्मत भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment