Comments Add Comment

तीस बर्ष काटेपछि कुन-कुन स्वास्थ्य परीक्षण गराउनुपर्छ ?

तीस वर्ष पुग्नुभयो ? चिकित्सकहरुको सल्लाह छ, अब नियमित स्वास्थ्य परीक्षण गर्न थाल्नुस् ।

बढ्दो उमेरसँगै शरीरमा विभिन्न समस्या पैदा हुनेगर्छ । स्वास्थ्य परीक्षण गर्ने हो भने समयमै रोगको पहिचान हुनसक्छ । समयमै गरिएको उपचारले समस्या सुरुकै चरणमा रोगको उपचार हुन्छ । अतः हामीले हरेक वर्ष यी विविध आयामबाट स्वास्थ्य परीक्षण गर्नुपर्छ :

रक्तचाप

यदी रक्तचाप १२०/८० देखि १३९/८९ मा छ भने वर्षमा एक पटक रक्तचापको जाँच गराउनु उपर्युक्त हुन्छ । तर रक्तचाप १४०/९० भन्दा अधिक रहेमा भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।

अन्यथा रक्तचापमा आएको गडबडीका कारण उच्च रक्तचापको  खतरा बढ्नसक्छ । उच्च रक्तचाप भएमा पक्षघात, मुटु रोग, हृदयाघात, स्ट्रोक तथा मिर्गौला सम्बन्धी जटिल रोग लाग्नसक्छ ।

थाइराइड

अचानक तौल बढ्नु, मनस्थितीमा परिवर्तन आउनु, तनाव हुनु थाइराइडको लक्षण हो  । विशेषगरी ३५ वर्षपछि महिलालाई थाइराइडको खतरा रहन्छ । थाइराइड जाँच गर्न रक्त परीक्षण आवश्यक छ ।

कोलेस्ट्रोल

निश्चित उमेरपछि मानिसमा देखिने विभिन्न समस्यामध्ये कोलेस्ट्रोल पनि एक हो । विलासी,जीवनशैली तथा गलत खानपनका कारण रगतमा उच्च कोलेस्ट्रोलको समस्या देखिन्छ, जसले मुटु सम्बन्धी विभिन्न समस्या ल्याउँछ ।

कोलेस्ट्रोलको मात्रा १३० भन्दा बढी भएमा स्वास्थ्यमा गम्भीर समस्या आउनसक्छ । त्यसैले त, चिकित्सक वर्षमा कम्तीमा एक पटक रगतमा कोलेस्ट्रोलको जाँच गराउन सल्लाह दिन्छन् ।

मधुमेह

गलत खानपान तथा बद्लिदो जीवनशैलीका कारण थुप्रैलाई मधुमेहको समस्या देखिन थालेको छ । मधुमेहको भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ ।

शरीरले खानालाई शक्तिमा परिणत नसक्दा इन्सुलिनको कमी हुन थाल्छ, जसका कारण अन्य धेरै समस्या निम्तन्छन् । स्वस्थ मानिसले समेत वर्षमा कम्तीमा एक पटक रक्त परीक्षणबाट मधुमेह भए-नभएको हेक्का राख्नुपर्छ ।

स्तन क्यान्सर स्क्रिनिङ

मेमोग्राफमार्फत स्तन क्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ ।  विशेषगरी, ४० वर्ष पार गरेका महिलालाई हरेक दुई वर्षमा कम्तीमा एक पटक स्तनको मेमोग्राफ गराउने सल्लाह दिने गरिन्छ । स्तर क्यान्सर भएमा समयमै पत्ता लागोस् र उपचार गर्न सजिलो होस् ।

पाठेघरको मुखको जाँच

नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो । पाठेघरको मुखमा क्यान्सर भए/ नभएको पत्ता लगाउन पाठेघरको मुखको स्क्रिनिङ गर्न सकिन्छ ।

स्क्रिनिङ गर्दा पाठेघरको मुख तथा गर्भासय सुन्नीएको छ भने तुरुन्तै पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर पत्ता लगाउन पेप्स स्मेयर जाँच गर्न सकिन्छ । तीस वर्षको उमेर कटेपछि हरेक तीन वर्षमा एक पटक पाठेघरको मुखको जाँच गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment