+
+
Shares

रोयल इनफिल्डको ‘रोपाइँ महाराइड नेपालगञ्ज’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालगञ्जमा रोयल इनफिल्डको आयोजनामा राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा विशेष ‘रोपाइँ महाराइड’ कार्यक्रम सम्पन्न भएको छ।
  • अल्फा अटोमोटिभ अन्तर्गतको वेस्ट एन्ड प्रालिले आयोजना गरेको उक्त कार्यक्रममा २०० जना रोयल इनफिल्ड राइडर सहभागी भएका छन्।
  • बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले कृषि संस्कृति र पर्यटनलाई जोड्ने यस्ता कार्यक्रमको प्रशंसा गर्नुभएको छ।

१४ असार, नेपालगञ्ज । नेपालगन्जमा ‘रोयल इनफिल्ड रोपाइँ महाराइड’ कार्यक्रम सम्पन्न भएको छ । रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्ट एन्ड प्रालिले यो कार्यक्रम आयोजना गरेको हो ।

नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

‘राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित यस विशेष कार्यक्रमले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार र ग्रामीण जीवनशैलीलाई प्रवर्द्धन गर्दै राइडरहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

रोयल इनफिल्ड नेपालगञ्ज शोरुमबाट सुरु भएको राइड गाभर भ्यालीसम्म पुगेको थियो, जहाँ २०० जना रोयल इनफिल्ड राइडर सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले नेपालको कृषि संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने तथा पर्यटन र समुदायलाई जोड्ने यस्ता कार्यक्रमको प्रशंसा गरे ।

कार्यक्रममा सहभागीहरूले परम्परागत धान रोपाइँमा सहभागिता जनाउनुका साथै अक्स फिल्डिङ, मड्डी टग अफ वार, म्युजिकल चेयर प्रतियोगिता, थारु सांस्कृतिक कार्यक्रम तथा गाभर भ्यालीका स्थानीय अर्गानिक परिकारहरूको स्वाद समेत लिएका थिए।

यस कार्यक्रमले साहसिक मोटरसाइकल यात्रालाई नेपालको मौलिक कृषि संस्कृति र स्थानीय जीवनशैलीसँग सुन्दर ढंगले जोडेको थियो। कार्यक्रमको नेतृत्व रोड क्याप्टेन तथा अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले गरेका थिए ।

रोयल इनफिल्डले नेपालभर राइडिङ संस्कृति, समुदायबीचको सम्बन्ध, साहसिक यात्रा तथा स्थानीय संस्कृति प्रवर्द्धन गर्ने विविध कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?