५ माघ, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरु राजनीतिक सहमतिका आधारमा सिफारिस भएको भन्दै जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले शनिबार सत्य निरुपणको अध्यक्ष गणेशदत्त भट्ट र वेपत्ता छाविन आयोगमा युवराज सुवेदीको नाम सिफारिस गरेको थियो । तर जवाफदेहिता निगरानी समितिले भने सत्तारुढ र विपक्षी नेताहरुबीच भएको सहमतिलाई सिफारिस समितिले अनुमोदन गरेको दाबी गरेको छ । साथै ऐन संशोधनपछि मात्र पदाधिकारी नियुक्त गर्न गरिएको आग्रहलाई बेवास्ता गर्नु आपत्तिजनक भएको उसले बताएको छ ।
समितिका संयोजक चरण प्रसाइँले जारी गरेको विज्ञप्तिमा त्रुटिपूर्ण रुपमा गठन भएको आयोगसँग कुनै सहकार्य नगर्ने समेत चेतावनी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4