+
+
Shares

सिप्रदी ट्रेडिङकाे ‘टाटा दशैं वम्पर लक्की ड्र’ उपहार घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १५:५७

६ माघ, काठमाडौं । टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘दशैं वम्पर लक्की ड्र’को उपहार घोषणा गरेको छ।

टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहका लागि विभिन्न पुरस्कारहरुसहितको योजना संचालन गरेको थियो।

कम्पनीले गत शुक्रबार एक कार्यक्रमकाबीच विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सँगै उक्त ‘लक्की ड्र’को उपहार वितरण कार्यक्रम सम्पन्न गरेको हो।

बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्र को कार्यक्रम पौष २१ गते आयोजना गरिएको थियो।

देशैभरबाट कुल १ हजार ७ सय ३२ जना ग्राहकहरुले उक्त लक्की ड्र मा सहभागिता थियो।

जसमध्ये ७६ जना ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरेका छन्।

कुल विजेता मध्ये १३ जना ग्राहकहरुले एलजी को ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजीको ८ केजी क्षमताको वासिङ्ग मेसिन प्राप्त गरे। त्यस्तै, १३ जनाले सामसुङको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टिभि र ७ जोडीले क्रुसमा घुम्ने अवसर पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?