Comments Add Comment

प्रधानमन्त्रीले सम्झिए ध्यानबहादुर राईको योगदान

६ पुस,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका पूर्व मेयर ध्यानबहादुर राईको निधनप्रति शोक व्यक्त गर्दै कम्युनिस्ट आन्दोलनमा उनको योगदानको स्मरण गरेका छन् ।

प्रधानमन्त्रीले सोमबार शोक वक्तव्य जारी गरी न्याय, समानता, स्वतन्त्रता र समाजको परिवर्तनका लागि कम्युनिस्ट आन्दोलनमा समाहित भएर राईले योगदान दिएको बताएका हुन् । राई तत्कालीन नेकपा एमालेबाट २०४९ मा धरानको मेयर निर्वाचित भएको समेत ओलीले स्मरण गरेका छन् ।

राईको निधनबाट धरानले सुयोग्य समाजसेवीलाई गुमाएको भन्दै ओलीले उनले दिएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।

राईको सोमबार काठमाडौंमा निधन भएको थियो । तत्कालीन एमाले परित्याग गरेका उनी पछिल्लो समय समाजवादी पार्टीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment