Comments Add Comment

मोटरसाइकलसहित काठ तस्कर पक्राउ

६ माघ, वीरगञ्ज । बाराबाट वन गस्ती टोलीले ८ घनफिट काठसहित एकजना तस्करलाई पक्राउ गरेको छ ।

गस्ती टोलीले मोटरसाइकल र साइकलमा वन क्षेत्रबाट अबैध रुपमा रुख कटान गरी काठ ल्याइरहेको अवस्थामा २३ वर्षीय रमेश चौरीलाई पक्राउ गरेको हो ।

डिभिजन वन कार्यालय बाराको वन गस्ती टोलील कोहल्वी नगरपालिका-६ स्थित सखुई जुगुवाबाट चौधरीलाई ना५३प ६०६९ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।

सिसौको गोलिया २ थान (करिब ८ क्यू फिट), मोटरसाइकल, साइकलन २ थानसहित शनिबार राति उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय बाराका वन अधिकृत मञ्जुर अहमद्ले जानकारी दिए ।

काठ ओसार्ने कार्यमा संलग्न अन्य ३ जना भने गस्ती टोलीलाई देख्ने वित्तिकै भाग्न सफल भएका छन् ।

गस्ती टोलीले पुस २१ गते निर्मानाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने राष्ट्रिय वन भित्रको टाँगियावस्तीबाट ठूलो परिमाणमा काठ बरामद गरेको थियो ।

घर र गोठमा लुकाएर राखेको अवस्थामा २५ ओटा ठूला कडी, ३३ क्यिुफिट काठ र ६ ओटा गोलाई काठ बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment