Comments Add Comment

ग्रिजमनको २ गोल मद्दतमा बार्सिलोना विजयी

९ माघ, काठमाडौं । बार्सिलोनाले युडी इबिजालाई पराजित गरेको छ । एन्टोनी ग्रिजमनको २ गोलको सहयोगमा बार्सिलोनाले जित हात पारेको हो ।

कप्तान लिओनल मेस्सी र जेरार्ड पिकेलाई आरम दिइएको खेलमा बार्सिलोनाले सुरुमै गोल खाएको थियो । खेलको नवौं मिनेटमै जाधी परेजको गोलमा इबिजाले अग्रता बनाएको थियो । तर ग्रिजमनले त्यसपछि लगातार दुई गोल फर्काए । उनले ३२ औं मिनेटमा बराबरी गोल गरे भने इन्जुरी टाइमको चौथो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्द बार्सिलोनालाई जिताए ।

इबिजा त्यही क्लब हो जसको प्रशिक्षकमा बार्सिलोनका पूर्व खेलाडी पाब्लो अल्फारो थिए । जसले बार्सिलोनाका वर्तमान प्रशिक्षक किके सेटिएनसँग रेसिङ सान्तानडरमा सँगै खेलेका थिए ।

यस्तै रियलले मड्रिडले पनि तेस्रो डिभिजनकै क्लब युनिओनिस्टासलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । रियलका लागि गारेथ बेलले खेलको १८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा अल्भारो रोमेरोले युनिओनिस्टासका लगि बराबरी गोल फर्काए । तर ६२औं मिनेटमा युनिओनिस्टासका हुवान गोनगोराले आत्मघाती गोल गरेपछि रियलले २–१ को अग्रता बनायो । इन्जुरी टाइममा ब्राहिम डियाजले गोल गर्दै रियलको जित पक्का गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment