Comments Add Comment

ए डिभिजन लिगमा सय गोल पूरा, हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा

९ माघ, काठमाडौं ।  हिमालयन शेर्पा क्लबलाई ३-१ ले पराजित गर्दै थ्री स्टार क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्रीस्टारलाई जित दिलाउन सुशील राई, सञ्जोग राई र वासियु हजमतले १/१ गोल गरे । हिमालयन शेर्पाका लागि विदेशी खेलाडी स्टेफेन समिर देउबनीले एक गोल गरे ।

यसै खेलबाट यस सिजन लिगमा १०० गोलसमेत पूरा भएको छ । थ्रीस्टारका संजोग राईले गरेको गोल चालु लिगको १०० औं गोल हो ।

खेलको छैटौं मिनेटमै सुशील राईले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ईन्जुरी टाइमको दोस्रो मिनेटमा शेर्पाका स्टेफन समीर देउबेनीले गोल गर्दै खेल बराबरीमा गरे ।

तर त्यो खुशी लामो समय टिकेन ।

त्यसको एक मिनेटपछि नै सञ्जोग राईले गोल गर्दै थ्री स्टारलाई २-१ को अग्रता दिलाए ।

हाजमतले ५० औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई ३-१ को अग्रता दिलाए । त्यो अग्रता कायम राख्दै थ्री स्टारले यो सिजनको लिगा चौथो जीत हात पारेको हो ।

जितपछि ८ खेलबाट १४ अंक जोड्दै थ्रीस्टार क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने थ्रीस्टार समान ८ खेल खेलेको मछिन्द्र क्लब दोस्रोमा छ ।

आर्मी र मछिन्द्रको समान १६ अंक भए पनि गोल अन्तरमा आर्मी अगाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment