
९ माघ, काठमाडौं । सरकारले जर्मनीको बोन शहरमा रहेको नेपाली दूताावासको पुरानो भवन बिक्री गर्न स्वीकृति दिएको छ ।
यही माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले बोन शहरस्थित नेपाली दूतावासको पुरानो भवन मूल्य निर्धारण गरी बोल कबोलमा मूल्य बढाबढमा बिक्री गर्न जर्मनीको बर्लिनस्थित नेपाली दूतावासलाई स्वीकृति दिएको हो ।
पहिले बोन शहरमा रहेको नेपाली दूतावास पछि राजधानी बर्लिनमा नै सरेको थियो । त्यसपछि उक्त भवन प्रयोगविहीन अवस्थामा थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4