+
+
Shares

इतिहासकार इमानसिंह चेम्जोङ चिनाउने वृत्तचित्र प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ११ गते १२:०९

११ माघ, काठमाडौं । इतिहासकार इमानसिंह चेम्जोङको जीवनी तथा योगदानमा आधारित वृत्तचित्र ‘इमानसिंह चेम्जोङ’को विशेष प्रदर्शनी सम्पन्न भएको भएको छ ।

‘इमानसिंह चेम्जोङ मेमोरियल फाउण्डेसन’ले निर्माण गरेको वृत्तचित्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौंमा विशेष प्रदर्शन गरिएको हो ।

वृत्तचित्रमा चेम्जोङले आफ्नो समुदाय तथा राष्ट्रलाई पुर्‍याएको योगदानलगायतका विषय समेटिएका छन् । उनले आफ्नो खोज तथा अनुसन्धान र सामाजिक अभियानका क्रममा तय गरेका यात्रालाई वृत्तचित्रमा हेर्न सकिन्छ ।

इतिहासकार चेम्जोङको किरात इतिहास (सन् १९४८), किरात साहित्यको इतिहास (सन् १९५६), किरात मुन्धुम (वेद), सन् १९६१, किराती दन्त्यकथा (सन् १९६५), किरात मुन्धुम खा ? हुन (सन् १९६५), हिस्ट्री एण्ड कल्चर अफ दी किरात पिपुल (सन १९६७), किरात दर्शनको सारांश (सन् १९६९), किरात व्याकरण (सन् १९७०), किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (सन् १९७४) लगायतका कृति प्रकाशित छन् ।

वृत्तचित्रमा देखाइएका कतिपय लेखन सामग्री, चिठीपत्र, पाण्डुलिपि अहिलेसम्म प्रकाशनमा नआएको वृत्तचित्र निर्देशक सेन्छेलुङ पतङ्वाले बताए । उनका अनुसार किरात इतिहास, धर्म, भाषा, लिपि र संस्कृतिसम्बन्धी विशेषज्ञका रूपमा चिनिएका इमानसिंह चेम्जोङले सिरिजंगा (याक्थुङ) लिपिको पुनर्उत्थान, व्याकरण, लोक साहित्य, दर्शन, संस्कृति एवं मुन्धुमलगायतका क्षेत्रमा खोज तथा अनुसन्धान गरेका थिए ।

खोज तथा अनुसन्धानको क्रममा इमानसिंह चेम्जोङ पुगेको कालिम्पोङ, दार्जिलिङ, सिक्किम हुँदै पूर्वी नेपालका विभिन्न जिल्ला, काठमाडौंलगायतका ठाउँमा पुगेर वृत्तचित्र सुटिङ गरिएको निर्देशक पतङवाले बताए । वृत्तचित्रको कार्यकारी निर्माता बुद्ध चेम्जोङ रहेका छन् ।

भारतको पश्चिम बंगालअन्तर्गत कालिम्पोङको दूरपिनडाँडामा १ जनवरी, १९०४ मा इमानसिंह चेम्जोङ जन्मिएका थिए । उनले सन् १९४८ मा ‘किरात इतिहास’ पुस्तक प्रकाशित गरेपछि प्राज्ञिक क्षेत्रमा किरात इतिहासबारे नयाँ आयामबाट बहस हुन थालेको थियो । उनी त्रिभुवन विश्वविद्यालयमा किरात भाषा तथा संस्कृति विशेषज्ञका रूपमा लामो समयसम्म कार्यरत थिए । उनको ८ अक्टोबर, १९७६ मा दार्जिलिङमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?