Comments Add Comment

विश्वविद्यालय पदाधिकारीमा भागवण्डा, कांग्रेसको प्रतिनिधित्व गराउने ओलीको आश्वासन

११ माघ, काठमाडौं । सात वटै विश्वविद्यालयका पदाधिकारी भागवण्डामा नियुक्त गरिने भएको छ ।

शनिबार विहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग यसबारे छलफल गरेका हुन् ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सबै विश्वविद्यालयमा कांग्रेसको पनि प्रतिनिधित्व गराउने आश्वासन दिएको स्रोतको दाबी छ । ‘सुदूरपश्चिम त पहिल्यै दिने कुरा भएको थियो । अहिले प्रधानमन्त्रीले कतै उपकुलपति दिन्छु र नसकेको ठाउँमा प्रतिनिधित्व गराउँछु भन्नु भएको छ’ स्रोतको दाबी छ ।

कांग्रेसको चासो त्रिभुवन विश्वविद्यालयमा छ । उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा र रजिस्ट्रारमा प्रा डा. पेशल दाहाल नियुक्त भइसकेका छन् । स्रोतकाअनुसार अब कांग्रेसले रेक्टर पाउनसक्छ ।

हाल पूर्वाञ्चल, काठमाडौं, नेपाल संस्कृत, सुदूरपश्चिमाञ्चलसहित ६ वटा विश्वविद्यालयमा उपकुलपति छैनन् भने त्रिविमा उपकुलपति र रजिस्ट्रार नियुक्त भएपनि रेक्टर पद खाली छ । ६ वटा विश्वविद्यालय भने कामुका भरमा चलिरहेका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेपनि उपकुलपति सिफारिस गर्न हुन सकेको छैन । प्रधानमन्त्रीले नै ‘म शेरबहादुरजीसँग कुरा गर्छु’ भनेका कारण समितिले काम गर्न नसकेको एक सदस्यको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment