Comments Add Comment

मदन र सरानाको ‘पानी छायाँ’

हाँस्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठले पहिलो पटक एउटा गीतमा आवाज भरेका छन् । मदनकृष्ण र सरानाको आवाजमा समावेश ‘पानी छायाँ’ बोलको गीतको भिडियो काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

यो गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ । मदन र सरानासँगै कलाकार हरिवंश आचार्य, केदार घिमिरे, सन्दिप क्षेत्री, भिडियोका निर्देशक सुव्रतराज आचार्य, गीतकार राजेन्द्र थापा, निर्देशक दीपाश्री निरौला लगायतले ‘सिग्नेचर स्टेप’ गर्दै भिडियो सार्वजनिक गरे ।

कलाकार हरिवंश आचार्यले १७ बर्ष अमेरिका बसेपनि सरानाको स्वरमा नेपालीपन रहेको भन्दै प्रशंसा गरे । यस्तै, कार्यक्रममा उपस्थित भएका अतिथीले भिडियोको कथालाई रुचाए । भिडियोमा मदनकृष्ण श्रेष्ठ र सरानाको साथमा कोविश पाण्डे, आर्शिना भट्टराइको अभिनय छ । भिडियोमा राजिव समरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

कार्यक्रममा बोल्दै गायक मदनकृष्ण श्रेष्ठले आफूलाई गाउने हिम्मत नभएपनि सबैले साथ दिएकाले गीत गाएको बताए । उनले छोरीको स्वर आफूलाई निकै मन पर्ने बताए । यस्तै, गायिका सरानाले आफूले सबैको माया पाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment