
१२ माघ, काठमाडौं । साउदी अरबको फाँसीबाट बचेर १३ वर्षपछि नेपाल फर्किएका धनुषाका उमेश यादवलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले भेट गरेका छन् ।
आइतबार बिहान आफ्नै कार्यत्रकक्षमा भेट गरी मन्त्री ज्ञावलीले उमेशको बारेमा जानकारी लिएका हुन् । भेटमा उमेशले साउदी जेलमा रहेका विवेक दाहललाई नेपाल फर्काउने पहल गरिदिन आग्रह गरेका थिए ।
आफ्नै सहकर्मी नेपालीलाई हत्या गरेको अभियोगमा विवेक १४ वर्षदेखि साउदीको जेलमा छन् । उनलाई ‘जनरल कोर्ट’ले वर्षअघि मृत्युदण्डको सजाय सुनाइसकेको छ ।
अभियन्ता सरोज राय र यादवसहित पाँच जनाको टिम मन्त्री ज्ञावलीलाई भेट्न पुगेका थिए । उमेशको छोराछोरीको लागि सहयोग गर्ने पनि मन्त्री ज्ञावलीले आश्वासन दिएका छन् ।
सन् २००६ मा साउदी पुगेका उमेशलाई पाकिस्तानीको हत्या गरेको अभियोगमा हरप्पा कानून लगाइ मृत्युदण्डको सजाय सुनाएको थियो ।
अभियन्ता सरोजले पाकिस्तान पुगि पीडित परिवारलाई मनाइ ‘व्लड मनी’ उपलब्ध गराएपछि उमेशले क्षमा पाएका थिए । उमेश गत बुधबार बिहान काठमाडौं आइपुगेका हुन् ।
यो पनि पढ्नुस्–फाँसीबाट बचेर आएका उमेश भन्छन्-जेलमा भएका नेपालीहरुका लागि लड्छु
प्रतिक्रिया 4