+

खरेल बने क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत

२०७६ माघ  १२ गते १३:५२ २०७६ माघ १२ गते १३:५२
खरेल बने क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत

१२ माघ, विराटनगर । क्रिकेट विकास समिति प्रदेश १ ले गायक प्रमोद खरेललाई सद्भावना दूत नियुक्त गरेको छ ।

समितिको विराटनगरमा बसेको बैठकले खरेललाई क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत बनाएको हो । यस्तै विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ ।

बैठकले विभिन्न उपसमितिहरु बनाउनुका साथै अजय राजवंशीलाई प्रदेशको सिनियर पुरुष टिमको टिम म्यानेजर तोकेको छ । महिला टिमको म्यानेजर भने पूर्वखेलाडी र जिल्ला महिला सदस्यहरुलाई आलोपालो पठाइनेछ ।

यस्तै प्रदेशमा आवद्ध ५ जिल्लाहरुमा विद्यालय तथा कलेजस्तरीय प्रतियोगिता आयोजना गर्न मनोज कटुवालको संयोजकत्वमा समिति समेत गठन भएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय