Comments Add Comment

केएल राहुलको अर्धशतकमा भारतको लगातार दोस्रो जित

काठमाडौं । केएल राहुलको अर्धशतक प्रेरित भारतले न्युजिल्याण्ड विरुद्धको दोस्रो टी-२० क्रिकेट खेलमा ७ विकेटको सहज जित हात पारेको छ । जितपछि भारतले ५ खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ ।

ओपनर राहुलले अविजित ५७ रन बनाएपछि भारतले १३३ रनको लक्ष्य १७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

अर्का ओपनर रोहित शर्मा ८ र कप्तान विराट कोहली ११ रनमै आउट भए पनि राहुलले इनिङ्स सम्हालेका थिए । उनले तेस्रो विकेटका लागि श्रेयास अयेरसंग ८६ रनको साझेदारी गरे ।

राहुलले ५० बल खेल्द ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए । अयेरले ३३ बल खेल्द १ चौका र ३ छक्का मद्दतमा ४४ रन योगदान गरे । शिवम दुवेले ८ रनमा अविजित रहे । न्युजिल्याण्डका लागि टिम साउदीले २ विकेट लिए ।

त्यसअघि अकल्याण्डस्थित एडन पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १३२  रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि ओपनर मार्टिन गप्टिल र टिम सेइपर्टले सर्वाधिक ३३-३३ रन बनाए । गप्टिलले २० बल खेल्दै ४ चँका र २ छक्का प्रहार गरे ।

अवजित रहेका टिम फेइफर्टले २६ बल खेल्दै १ चौका र २ छक्का प्हरार गरे । यस्तै कलिन मनरोले २६, रोस टेलरले १८ र कप्तान केन विलियमसनले १४ रन जोडे । कोलिन डे ग्रान्डहोम ३ रन बनाएर आउट भए ।

न्युजिल्याण्डलाई मध्यम स्कोरमा रोक्न भारतीय बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । रवीन्द्र जडेजाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर, जसप्रित बुमराह र शिवम दुबेले १-१ विकेट लिए ।

पहिलो खेल भारतले ६ विकेटले जितेको थियो । तेस्रो टी-२० बुधवार ह्यामिल्टनमा हुनेछ । भारतले न्युजिल्याण्ड भ्रमणमा पाँच टी-२०, तीन एक दिवसीय र दुई टेष्ट खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment