
१२ माघ, पोखरा । अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा रहेका सांसद दीपक मनाङ्गे आइतबार दिउँसो ६ हजार रुपैयाँ धरौटीमा रिहा भए । रिहा भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले हिरासत बसाइका क्रममा आफूले आराम गर्न पाएको बताए ।
हिरासत बसाइ कस्तो भयो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मलाई मजै लाग्यो, रेस्ट गर्न पायो नि, दुई दिन मज्जाले सुतेँ, अब रक्सीसक्सी खानुपर्ला, भित्र (हिरासतमा) खान पाउँदैन नि त !’
फुटबल खेलसम्बन्धी विवादमा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा मनाङ्गे पक्राउ परेका थिए । गुरुङबारे टिप्पणी गर्दै सांसद मनाङ्गेले सामान्य विषयलाई राजनीतिकरण गरिएको बताए ।
‘त्यो मान्छे बेबकुफ रहेछ, हामीले मुद्दा हाल्नुपर्नेमा उल्टा उ आफैं ठग्ने, उ आफैं मुद्दा हाल्ने, मनाङको क्लबलाई हेरेन भनेर डिस्कसन गरेको राजनीतिकरण ग¥यो, जिलाको क्लबको लागि त म बोल्नै पर्यो नि’ उनले भने ।
एन्फालाई फुटबलको विकासका लागि फिफाले दिएको रकम पदाधिकारीले हिनामिना र मोजमस्ती गरेको मनाङ्गेले बताए ।
प्रतिक्रिया 4