+
+

सभामुखलाई बाबुराम भट्टराईको सुझाव : सत्तापक्षको निरीह रबरस्टाम्प नबन्नू

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १९:०९

१२ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिपक्षको अभिभावक बन्न सुझाव दिएका छन् । सभामुखमा निर्विरोध निर्वाचित भएकै दिन आइतबार डा. भट्टराईले सभामुख सापकोटालाई यस्तो सुझाव दिएका हुन ।

सामाजिक सञ्जाल ट्विटरमा बधाई तथा शुभकामना दिँदै डा. भट्टराईले लेखेका छन्, ‘सभामुख सत्तापक्षको निरीह रबरस्टाम्प हैन पुरै सदनको साझा नेता हो र दमननाथ ढुंगानाले स्थापित गरेको नजीर अनुसार मुख्यतः प्रतिपक्षको अभिभावक हो भन्ने ख्याल रहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?