+
+
Shares

रसुवामा साढे दुई किलो सुनसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १५:५९

१३ माघ, काठमाडौं । रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन् । रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको गाडीमा करिब एक करोड ६० लाख बराबरको सुन बरामद भएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले ना १ झ ३५४२ नम्बरको गाडीबाट सुन बरामद भएको पुष्टि गरे ।

इलाका प्रहरी कार्यालय, टिमुरेका प्रहरी निरीक्षक कमल नेपालका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शर्पा, २३ वर्षीय शुक्पा लामा, ३२ वर्षीय सुवास तामाङ, १९ साँङ शेर्पा र सवारी चालक दोलखाको तामाकोशी–५ का २३ वर्षीय कुलनारायण श्रेष्ठ छन् ।

‘दुई वटा ढिक्का शरीरमा र तीन वटा गाडीको चालकले टेक्ने म्याटमुनि लुकाएको अवस्थामा बरामद भएको छ’, नेपालले अनलाइनखबरसँग भने, ‘बरामद सुन र पक्राउ परेका व्यक्तिलाई आन्तरिक राजश्व कार्यालय, ललितपुर पठाउने तयारी भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?