Comments Add Comment

आस्थालाई भेटेपछि रेखाले भनिन्–‘उनको आत्मविश्वासमा कमी आएको छैन’

स्वास्थ्यमा समस्या आएपछि गायिका आस्था राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको छ । सोमबार अस्पतालमा भर्ना भएकी राउतलाई नायिका रेखा थापाले भेट गरेकी छिन् ।

रेखासँगको भेटमा आस्थाले आफूबाट गल्ती भएको र यो गल्तीबाट पाठ सिकेको बताएकी थिइन् । आस्थाको भनाई उदृत गर्दै रेखाले भनिन्–‘उनले मसँगको भेटमा आवेगमा आएर बोल्दा गल्ती भएको बताइन् । एकदमै चित्त दुखेकाले आवेगमा आएर बोल्दा गल्ती भएको आस्थाले स्विकार गरेकी छिन् ।’

रेखाका अनुसार आस्थालाई आफ्नो लाइभ भिडियोको नतिजा यतिसम्म होला भन्ने पत्तो नै थिएन । यो घटनाले आस्थालाई धेरै पाठ सिकाएको बताउँदै रेखाले उनको आत्मविश्वासमा भने आफूले कत्ती पनि कमी नआएको पाएको बताइन् । रेखाले भनिन्–‘आस्था अझै डराएकी छैनन् । गल्ती भएको कुरालाई स्विकारेर माफी पनि मागिसक्दा कानुनी कुराबाट भएको निर्णयलाई स्विकार्ने पक्षमा आस्था देखिएकी छिन् ।’

रेखा प्रहरीको निर्णयबाट भने रुष्ट छिन् । आवाज उठाएकै भरमा यस्तो सजायँ न्यायोचित नभएको रेखाले बताइन् । उनले भनिन्–‘उ सेलिब्रिटी हो भन्ने कुरा बिर्सिने हो भने त, आवाज नै उठाउनेहरु मण्डला माइतीघरमा कती हुन्छन् नि । के अब सबैलाई बोलेकै भरमा लगेर थुनिदिने हो त ?’

आस्था र प्रहरी दुबै महिला भएका कारण यसलाई सबैले मनोरञ्जनको खुराक बनाइरहेको रेखाको बुझाई छ । रेखाले भनिन्–‘विमानस्थलमै पारसले झापड हान्दा यत्तिको फण्डा कसैले मच्चाएन । किनभने दुबै पुरुष थिए । तर, आस्थाको केशमा दुबै महिला भएका यसमा बढी चर्चा परिचर्चा भएको हो । दुबैलाई मनोरञ्जनको पात्र बनाइएको छ ।’

रेखा आस्थालाई ‘हिम्मतवाली’ भएको बताउँछिन् । आस्था धेरै महिलाहरुको प्रेरणाको स्रोत भएको रेखाको भनाई छ । रेखा भन्छिन्–‘नेपाली समाज अझै महिलाको आवाज तल नै भएको हेर्न चाहन्छ । तर, आस्था चुप बस्न सकिनन् । आस्थाको आवाज सम्मानजनक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment