+
+
Shares

तेस्रो सम्झना कप टेबल टेनिस शनिबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १७:५१

काठमाडौं । तेस्रो  सम्झना कप खुला अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता २०२० आगामी शनिबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघ र ललितपुर टेबल टेनिस क्लबको आयोजनामा  सञ्चालन हुने प्रतियोगिता माघ १८ देखि माघ २५ गतेसम्म ८ दिन सञ्चालन हुनेछ । प्रतियोगिता लैनचौरस्तिथ राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगितामा नेपालसहित भारत, दक्षिण कोरिया र पाकिस्तानका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । यस्तै नेपालका तीन विभागीय सहित संघमा आवद्ध विभिन्न स्कुल, कलेज र जिल्लाबाट पनि खेलाडीहरु सहभागि हुनेछन् । कुल ५ सय २४ खेलाडीले १४ स्वर्ण, १४ रजत र २८ कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष र महिला गरी १४ विधा रहेका छन् । पुरुष एकल (ओपन), महिला एकल (ओपन), पुरुष भेट्रान एकल (४० वर्ष माथि), पुरुष भेट्रान एकल (५५ वर्ष माथि), पुरुष एकल (कलेज), महिला एकल (कलेज), ब्वाइज एकल (१६ वर्ष मुनि), गल्स एकल (१४ वर्ष मुनि), ब्वाइज एकल (१२ वर्ष मुनि), गर्ल्स एकल (१२ वर्ष मुनि), गर्ल्स एकल (१० वर्ष मुनि) र ब्वाइज एकल (१० वर्ष मुनि) स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

ओपन इभेन्टमा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै भेट्रान एकलमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहभागी उपत्यका बाहिरका खेलाडीलाई दर्ता शुल्क नलाग्ने आयोजकले जनाएको छ । टेबल टेनिसतर्फ सम्झना कप सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । प्रतियोगिताको बजेट १० लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रतियोगिताको अन्तिम दिन १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टेबल टेनिसमा पदक जितेका खेलाडी, प्रशिक्षक र अफिसियललाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने समेत आयोजकले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?