
१४ माघ, काठमाडौं । लग्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जेन एसेनबर्न भोलि नेपाल आउने भएका छन् । उनी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणका क्रममा उनले पर्सि प्रधानमनत्री केपी शर्मा ओलीलाई भेट्ने छन् । त्यसअघि भोलि नै नेपाली सामकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयदे जनाएको छ ।
भोलि नै लग्जम्बर्गले दुई देशबीच द्वैत्य सम्बन्ध स्थापना भएको ५० वर्ष भएको अवसरमा कार्यक्रम समेत गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4