+
+
Shares

कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १८:५७

१५ माघ, काठमाडौं । कुमारी बैंकको डिबेन्चरमा मागभन्दा बढीको आवेदन परेको छ । बैंकको डिबेन्चरमा सर्वसाधारण लगानीकर्ताले १ अर्ब ३० करोड मूल्य बराबरका लागि १३ लाख कित्ता आवेदन दिएका हुन् ।

बैंकका अनुसार १ अर्ब २० करोड मूल्य बराबरको १२ लाख -४०प्रतिशत) एकाइ माग गरिएकोमा १ लाख कित्ता बढी आवेदन परेको हो । बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघ-संस्थालाई बिक्री गरिसकेको छ । कुमारी बैंक डिबेन्चर २०८६ लाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सूचक औसतभन्दा राम्रो जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौऽकि नीति मार्फत वाणिज्य बैंकहरूलाई चुक्तापुँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपश्चात पछिल्लो समय सबैजसो बैंक ऋणपत्र निष्काशनमा जुटेकामा कुमारी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुस १४ गते निष्काशन गरेको थियो ।

बैंकले एक हजार रुपैयाँ अंकितदरका १० वर्ष भुक्तानी अवधि भएको वाषिर्क १०.२५ प्रतिशत ब्याजदर अर्धवाषिर्क रूपमा भुक्तानी गर्नेगरी ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्रको ब्याजभुक्तानी हरेक साउन १ र माघ १ मा हुनेछ । सावाँ १० वर्षपछि अर्थात् २०८६ सालमा एकमुष्ट फिर्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?