
१५ माघ, काठमाडौं । मोरङ अटो वक्र्स इन्टरप्राइजेजले आफ्ना ग्राहकहरुलाई मोटरसाइकलमा प्रयोग गरिने फ्युल इन्जेक्टेड (एफआई) प्रविधि र कार्बरेटरमा यसले दिने फाइदाहरुका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न एक जानकारीमूलक आम प्रचार अभियान अर्को पुस्ता अभियानको थालनी गरेको छ ।
आजको दिनमा फ्युल इन्जेक्टेड (एफआइ) इन्जिन एक चिरपरिचित शब्द बनेको छ र धेरैजसो दुई पााग्रे सवारी साधनहरुमा यो प्रविधि जडान गरिएका छन् ।
यो प्रविधि कार्बरेटरको स्वचालित संस्करण एवं अत्याधुनिक प्रविधि हो, जसले मोटरसाइकलमा जडान गरिएको यसको ८ सेन्सरहरु (क्र्यान्क अवस्था सेन्सर, कूल्यान्ट तापमापक सेन्सर, इन्टेक एयर प्रेसरसेन्सर, थ्रोटल अवस्था सेन्सर, ओटो सेन्सर, लीन एागल सेन्सर र स्पीड सेन्सर) को मद्दतले काम गर्ने गर्छ, जहाँ इसियु मोनिटरहरुले डाटा प्राप्त गर्छन् र सोही बमोजिम कारवाही प्रक्रिया शुरु गर्छ ।
अन्ततः मानव शरीरमा रहेका दिमाग र इन्दि्रयहरु झैं मोटरसाइकललाई उत्कृष्ट प्रतिक्रिया प्रदान गर्छ । यद्यपि यामाहाले यो प्रविधिलाई एक दशकभन्दा अघि सन् २००८ को शुरुदेखि नै आफ्नो यामाहा आर १५ को पहिलो उत्पादनबाटै भित्राइसकेको हो र यो प्रविधि एफ जेड सिरिजहरु, आर-सिरिजहरु र हालसालैमात्र प्रस्तुत एमटि १५ मा समेत प्रयोग गरेर उत्कृष्ट प्रविधिको रुपमा प्रमाणित भैसकेको छ ।
यामाहा एक त्यस्तो कम्पनी हो जसले सधैं नै आफ्ना उत्पादनहरुमा नवीनतम् प्रविधिहरुलाई प्रस्तुत गर्दै आएको छ ।
यामाहाको एक मुख्य ब्राण्ड मूल्य नवीनतम प्रविधिहरुको सेरोफेरोको परिक्रमा गर्नु पनि हो ।
भर्खरै, यामाहाले आफ्नो रोडिज स्क्वाडको साथमा नेपालको उच्च पहाडी भेगहरु र उबडखाबड मार्गहरु पार गरेर एक अमिट छाप छोड्न सफल भएको छ ।
रोडिज स्वाडहरुले आफ्नो यामाहा एफजेड चलाएर ९ दिनभित्र १३०० किमिको दूरी र ३८४० मिटर उचाईको यात्रा तय गरेका छन् । बाइक चालकहरुको चयन उनीहरुको मोटरसाइकलको पर्फरमेन्ससाग मेल खाने उनीहरुको शारीरिक क्षमताको आधारमा गरिएको थियो ।
एफआई प्रविधिको भएको कारण बाइक चिसोमा पनि स्टार्ट गर्न सजिलो भएको थियो भनें मौसम र उचाईमा आएको परिवर्तनले पनि बाइकमा कुनै प्रकारको असर पुगेको थिएन । त्यस्तो स्थान र अवस्थामा पनि मोटरसाइकलले कुनै ठाऊामा धोका दिएको थिएन भनें आफ्नो लक्ष्यलाई बिना अवरोध पूरा गर्न सफल भएको थियो ।
‘हाम्रो लक्षित वर्गहरु मोटरसाइकलमा उच्च सरोकार राख्ने र प्रविधिको हकमा अत्यधिक रुची राख्नेहरु हुनुहुन्छ, यो प्रविधिले कसरी फ्युल इन्जेक्टेड प्रणालीबाट इन्जिनलाई तीव्र वेग र सजिलो स्टार्ट गराउाछ कार्बरेटरभन्दा १४ प्रतिशत बढी माइलेज दिन्छ र कम लागतको मर्मतबाट लाभ दिन्छ भन्ने महत्वपूर्ण जानकारीका बारेमा थाहा पाउनु जरुरी छ,’ बजार प्रमुख श्री विक्रम पौडेलले भने ।
अर्को पुस्ता भनेको आउादो समय हो तर हामी देख्न सक्छौं कि यामाहाले यसलाई आफ्नो प्रविधिका साथ पहिले नै जोडिसकेको छ ।
प्रतिक्रिया 4