+
+

नेपाल प्रहरी र स्काउटबीच सहकार्य

अपराधमा नियन्त्रणका लागि सँगै अघि बढ्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १९:२२

१५ माघ, काठमाडौं । अपराध नियन्त्रणका लागि समुदायसँग सहकार्य गर्ने अवधारणा अनुरुप नेपाल प्रहरीले नेपाल स्काउटसँग समझदारी गरेको छ ।

‘समुदाय प्रहरी साझेदारी’ अभियान अन्तरगत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी पत्रमा कार्यक्रमको कार्यान्वयन, श्रोत व्यक्तिको आदानप्रदान, एकीकृत स्वयंसेवक परिचालन, प्रहरीसँग एक दिन, सुरक्षा सचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, सूचना आदानप्रदान, भ्रमण र साझेदारी कार्यान्वयनको लागि सम्पर्क विन्दु लगायतका विषय समेटिएको छ ।

सोही अवसरमा ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध नियन्त्रण लगायत सामाजिक विकृतिका विषयहरु नियन्त्रण गर्न नेपाल स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आईजीपी खनालले अत्यन्त सक्रिय रुपमा रहेको युवा जमातलाई साझेदारीमार्फत थप सचेत गराउनुपर्ने बताए ।

आगामी दिनमा स्काउटले गर्ने सामाजिक कार्यहरुमा प्रहरीको समेत सहयोग र समन्वय रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

स्काउटले आफ्नो कार्यक्रम सोचेर अघि बढ्छः भण्डारी

नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले प्रहरीसँगको साझेदारी अत्यन्तै सान्दर्भिक रहेको उल्लेख गर्दै स्काउटबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।

उनले भने, ‘स्काउटमा आबद्ध सबैले यो हाम्रो कार्यक्रमको हो भन्ने सोचेर अगाढी बढ्नु पर्छ ।’

उनले आगामी दिनमा सञ्चालन हुने सचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन, सडक सुरक्षा लगायतमा प्रहरी र नेपाल स्काउटको सामूहिक प्रयास रहने जनाए ।

साथै, नेपाल प्रहरीसँग समन्वय गरी स्वच्छ मनले असल र सु–संस्कृत नागरिक निर्माण गर्नका लागि सबै स्काउटका पदाधिकारी एवम् प्रतिनिधिहरुले आ–आफ्नो भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।

नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले कार्यक्रमको अवधारणा र उद्देश्यको बारेमा प्रकाश पारेको कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीसहित प्रहरी नायब महानिरीक्षक (डीआईजी) लगायत स्काउटका केन्द्रिय पदाधिकारी, पूर्व आयुक्त तथा प्रतिनिधिहरु, प्रहरी अधिकृतहरुलगायतको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक राजिब खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?