Comments Add Comment

सुपर ओभरमा खेल जित्दै भारतले दुई खेल अगावै जित्यो टी-२० सिरिज

काठमाडौं । तेस्रो खेलमा घरेलु टोली न्यूजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै भारतले पाँच खेलको टी-२० सिरिज दुई खेल अगावै जितेको छ ।

ह्यामिल्टनमा बुधबार भएको तेस्रो टी-२० मा दुवै टोलीले निर्धारित २० ओभरमा बराबरी स्कोर बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।  यस जितपछि भारतले ५ खेलको सिरिजमा ३-० को अग्रता बनाउँदै आफ्नो पक्षमा पारेको हो ।

सुपर ओभरमा न्युजिल्याण्डले पहिले ब्याटिङ गर्दै १७ रन बनाएको थियो । जवाफमा भारतले २० रन जोड्दै खेल जित्यो । भारतले ४ बलमा ८ रन मात्र बनाएपनि रोहित शर्माले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै जिताएका थिए ।

सुपर ओभरअघि भारतले दिएको १८० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ९५ रन बनाए । तर जितका लागि पर्याप्त हुन सकेन । उनले ४८ बल खेल्द ६ चौका र ८ छक्का प्रहार गरेका थिए ।

मार्टिन गुप्तिलले ३१ रन बनाए । भारतका शार्दुल ठाकुर र मोहम्मद शामीले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १७९ रन बनाएको थियो । भारतको लागि रोहित शर्माले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । २३ बलमा अर्धशतक बनाएका रोहितले ४४ बलमा ३ छक्का र ६ चौका प्रहार गरे । यस्तै कप्तान विराट कोहलीले ३८ र लोकेश राहुलले २७ रन बनाए । न्युजिल्याण्डका हामीस बेन्नेटले ३ विकेट लिए ।

भारतले पहिलो खेलमा न्युजिल्याण्डलाई ६ विकेट र दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment