Comments Add Comment

‘राज्यले व्यवसायीको समस्या बुझेन’

१५ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले व्यापारीहरुको समस्या सुनेर कसरी हुन्छ समाधान गर्नुपर्ने बताएका छन् । बुधबार रञ्जना व्यापार संघको साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले मुलुकको आर्थिक विकासमा उद्योगी/व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भए पनि सरकारले त्यो विषय नबुझेको बताए ।

मुलुकमा धेरै उद्योग धन्दाको विकास भइनसकेकाले आयातमूखी व्यापारलाई सरकारले बेवास्ता गर्न नहुने बताए । भारत र चीन दुबै देशमा व्यापारिक सम्बन्ध बढाएर मुलुकको अर्थतन्त्रको विकास गर्नुपर्ने उनले बताए ।

अहिले अधिकांश व्यापार भनेको नोपलले किन्ने र भारतले बेच्नेमात्रै रहेको भन्दै उनले व्यापार दोहोरो नै हुनु पर्ने बताए । मुलुकमा अहिले उद्योग र कृषिको विकास गरी निर्यातमा जोड गर्नु पर्ने उनले बताए ।

नेपाल राष्ट्रिय व्यवासायी महासंघका अध्यक्ष नरेश कटुवालले राज्यले व्यवसायलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताए । कहिले अनुगमनका नाममा त कहिले नयाँ प्रणालीका नाममा व्यवसायीहरुले दुःख पाएको भन्दै उनले कर तिरेर ढुक्कसँग व्यवसाय गर्ने वातावरण राज्यले बनाउनु पर्ने बताए ।

सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न साना तथा मझौला उद्योग व्यवसाय तर्फ पनि सरकारले विशेष ध्यान दिनु पर्ने अध्यक्ष कटुवालले बताए ।

कार्यक्रममा रञ्जना व्यापार संघका अध्यक्ष अञ्जन शाक्यले निजी क्षेत्रको सहयोग बिना समृद्ध नेपाल निर्माण हुन नसक्ने बताए । उद्योगी व्यवसायीले हजारौलाई रोजगारी दिएर समुन्नत नेपाल निर्माणमा भुमिका खेलिरहेको भए पनि राज्यले हेर्ने दृष्टिकोण ठिक नभएको बताए ।

अनुगमनका बहानामा राज्यले सास्ती दिईरहेको भन्दै उनले दुखेसो पोखे । पाम आयलबाट पनि केही सिक्नु पर्ने उनले बताए । अध्यक्ष शाक्यले निजी क्षेत्रको सहयोग बिना सुखी नेपाली समृद्ध नेपाल कागजमै सिमित हुने बताए ।

यसैगरी कोटेश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापाले सरकारले अवलम्बन गरेका आर्थिक नीतिहरुले निजी क्षेत्रलाई सकरात्मक असर नगरेको बताए । राजनीति स्थायित्व भए पनि आर्थिक उपलब्धि भने नभएको उनले बताए ।

सरकारले बजेट खर्च गर्न नसक्नुले पनि राज्यको कमजोरी प्रष्ट भएको उनले बताए । सरकारका केही नीतिले व्यवसायमा टिक्न नसकिने अवस्था सिर्जना भएको उनले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment