+
+
Shares

महाभारतमा कर्णको भूमिका निभाएका पंकज धीरको निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १५:५९

काठमाडौं । बहुचर्चित महाभारत टेली श्रृंखलामा कर्णको भूमिका निभाएर चर्चित भएका अभिनेता पंकज धीरको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको भारतीय मिडियाले खबर दिएका छन् ।

६८ वर्षीय पंकज लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । रोग धेरै बल्झिएपछि केही महिनाअगाडि उनको मेजर अप्रेसन गरिएको थियो ।

सन् १९८८ मा दूरदर्शनमा प्रसारित बीआर चोपडाको टिभी सिरियल ‘महाभारत’ मा कर्णको भूमिका निभाएपछि उनी लोकप्रिय भएका थिए ।

महाभारतका अलावा उनले चन्द्रकान्ता जस्ता लोकप्रिय श्रृंखलामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पञ्जाबमा जन्मिएका धीरले फिल्महरूमा पनि काम गरेका थिए, तर टेलिभिजन नै उनको मुख्य पहिचान बनेको थियो।

उनको अन्तिम संस्कार बुधबार नै मुम्बईको विले पार्लेस्थित श्मशान गृहमा गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?