+
+
Shares

सरकारलाई असंवैधानिक भन्नेहरूलाई गृहमन्त्रीको जवाफ : यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस्

सरकारलाई असंवैधानिक भन्नेहरूलाई गृहमन्त्रीको जवाफ छ, ‘…तिनीहरू नै अहिले डुक्रिन थालेका छन् । क्रान्तीकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन् । यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १५:४९
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल गर्न भनेका छन्।
  • सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको उनले स्पष्ट पारेका छन्।
  • उनले सुशासनका लागि विद्रोह भए पनि सुशासन छोड्ने कुरा नहुने बताए।

२९ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल गर्न भनेका छन् ।

गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको बताए ।

सरकारलाई असंवैधानिक भन्नेहरूलाई गृहमन्त्रीको जवाफ छ, ‘…तिनीहरू नै अहिले डुक्रिन थालेका छन् । क्रान्तीकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन् । यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।’

सुशासनको मामिलामा के-के गर्नुपर्छ सरकारले गर्ने गृहमन्त्री अर्यालको प्रतिवद्धता छ । उनको प्रतिप्रश्न छ, ‘सुशासनका लागि विद्रोह भएपछि हामीले सुशासन छोड्छ ?’

विगतमा जसले सुरक्षाकर्मीहरूको दुरुपयोग गरेका थिए, जसले मापदण्डविपरीत सुरक्षाकर्मी लगेका थिए उनीहरूले नै सरकारको कामको विरोध गरिरहेको उनले बताए ।

‘बर्दीधारीलाई लगेर पनि घरमा भान्से बनाउनुभएको थियो, अरू काममा पनि लगाउनुभएको थियो,’ उनले भने, ‘सुरक्षाकर्मी लगेर, पिएसओ लगेर ड्राइभर बनाउनुभएको थियो ड्राइभरलाई दिने पैसा बचाउनलाई ।’

अनावश्यक सुरक्षा फिर्ता गरेपछि त्यसको विरोध स्वरूप समग्र रुपमै शान्ति सुरक्षा भएन भनेर भन्न थालिएको भन्दै उनले सरकार शान्ति सुरक्षाका लागि गम्भीर रहेको बताए ।

व्यक्तिगत रुपमा कसैलाई थ्रेट भए निवेदन दिन सकिने उनको आग्रह छ । निवेदन आएपछि थ्रेटको व्याख्या हुने र त्यसआधारमा चाँडो भन्दा चाडो निकास दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?