Comments Add Comment

‘ए’ डिभिजन लिगमा आज नवौं चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज नवौं चरणका अन्तिम दुई खेल हुँदैछन् । अंक तालिकामा मध्य स्थानतिर रहेको चार टोली आज मैदान उत्रँदैछन् ।

मध्याह्न १२ बजे हुने खेलमा च्यासल युथ क्लब र फ्रेण्ड्स कलब भिड्नेछन् । यस्तै, दिउँसो ३ बजे एनआरटी र ब्रिगेड ब्वाइज क्लबबीच खेल हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

८ खेलबाट १२ अंक रहेको एनआरटी छैटौं स्थानमा छ । ब्रिगेडलाई हराउन सके एनआरटीलाई चौथो स्थानमा उक्लने अवसर छ । ब्रिगेड ८ खेलबाट ८ अंकसहित दशौं स्थानमा छ । यस्तै ब्रिगेड समान नै ८ अंक रहेको फ्रेण्ड्स गोलअन्तरमा पछि पर्दै ११ औं स्थानमा छ । ९ अंक जोडेको च्यासल नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment