Comments Add Comment

मेरो बिहे फागुणमा पक्का : प्रियंका

नायिका प्रियंका कार्कीले आफ्नो विवाह फागुन महिनामा पक्का भएको जानकारी दिएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै प्रियंकाले भनि, ‘फागुणमै बिहे हुने पक्का भएको छ । हामी तयारीमा पनि जुटिसकेका छौं । तर, मिति फाइनल भैसकेको छैन । फागुन १७ गते राम्रो दिन छ, शायद यही दिनमा नै हुन सक्छ ।’

नायिका कार्कीले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै यो वर्ष बिहे नगर्ने बताएकी थिइन् । यस विषयमा कार्कीले भनिन्, ‘सधै काम भनेर बिहे पछि सार्दा सार्दै बिहे नै नहुने अवस्था आयो । काम त सधै नै हुँदोरहेछ । यसैले, फागुनमै समय निकालेर बिहे गर्न लागेका हौं ।’

उनले आफ्नो भाइको नेपाल आउने टिकट पक्का भएसँगै बिहेको दिन फाइनल गर्ने बताइन् ।

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको इन्गेजमेन्ट भएको एक वर्ष बढी भैसकेको छ । समय नमिलेको भन्दै प्रियंका र आयुष्मानले बिहेको मिति पछि सार्दै आएका थिए । नायिका कार्की केही दिन अगाडि एक साता लामो ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment