Comments Add Comment

सैनामैनाका पशुपालक किसानलाई अनुदान

Photo Credit : टिका खरेल

१७ माघ, बुटवल । सैनामैना नगरपालिकाले नगरभित्रका पशुपालक किसानहरुलाई करिब २८ लाख अनुदान दिने निर्णय गरेको छ । युवा लक्षित व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा ४३ जना पशुपालक किसानहरुलाई अनुदान वितरण गर्ने निर्णय भएको नगरपालिकाका पशु शाखा अधिकृत ईन्द्रबहादुर खड्काले बताए ।

सैनामैना नगरपालिकाले गाई गोठ सुधार, बाख्रा गोठ सुधार, कुखुरा खोर सुधार तथा पोखरी निर्माण गर्न प्रस्ताव माग गरेको थियो । आएका प्रस्तावहरुको अनुगमन गरी ४३ जना पशुपालक किसानहरुलाई ५० प्रतिशत अनुदानको रकम वितरण गर्ने निर्णय भएको अधिकृत खड्काले बताए ।

२५ जनालाई गाई गोठ सुधारका लागि ५० हजारका दरले १२ लाख ५० हजार,४ जनालाई बाख्रा गोठ सुधारका लागि ५० हजारका दरले २ लाख, बंगुर पालक २ जना किसानलाई एक लाखका दरले २ लाख, कुखुरा पालक ९ जना किसानलाई ८५ हजारका दरले ७ लाख ६५ हजार र नयाँ पोखरी निर्माणका लागि माछा पालक ५ जना किसानलाई ३ लाख रुपैयाँ रकम अनुदानमा दिन लागिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

नगरपालिकाको अनुदान दिने निर्णयले पशुपालन पेशाको सम्मान भएको र काम गर्न मनोबल बढेको सैनामैना ४ की बाख्रा पालक किसान सरला अधिकारीले बताइन् ।

किसानहरुको गोठमै गएर अनुगन गरी अनुदान पाउने पशुपालक छनोट गरिएको सैनामैनाकी उपप्रमुख बिना रानाले बताइन् । कृषि र पशुपालन सैनामैना नगरपालिकाको समृद्धिको आधार भएकाले किसानलाई प्रोत्साहनका लागि अनुदान दिने नीति लिइएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । अनुदान दिने निर्णयले वैदेशिक रोजगारीमा जान छाडेर गाउँका युवाहरु पशुपालन र कृषिमा संलग्न हुन थालेको कार्कीले बताए ।

अनुदानको सूचीका परेका किसानहरुलाई फागुन महिनाभित्रसम्म सबै प्रक्रिया पु¥याएर अनुदान रकम बांडिने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment