+
+
Shares

निर्भया प्रकरण : फाँसीको सजाय रोक्न दिल्ली अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १९:४८

१७ माघ, काठमाडौं । निर्भया बलात्कार घटनाका आरोपीलाई सुनाइएको फाँसीको सजाय स्थगित भएको छ ।

दिल्ली अदालतले बलात्कार हत्याकाण्डका आरोपीलाई सुनाइएको फाँसीको सजाय अर्को आदेश नभएसम्मका लागि स्थगित गर्न आदेश दिएको हो ।

मुकेश सिंह, विनय शर्मा, अक्षयकुमार सिंह र पवन गुप्तालाई २०१२ डिसेम्बर १ मा निर्भया सामूहिक बलात्कार मुद्दामा दोषी ठहर्‍याइएको थियो । चारै जनालाई फेब्रुअरी १ मा फाँसीको सजाय दिने तयारी थियो ।

शुक्रबार वकिलहरूको तर्क सुनेपछि न्यायाधीश धर्मेन्द्र राणाले अर्को आदेश नभएसम्मका लागि आरोपितमाथि सुनाइएको फाँसीको सजाय स्थगित गरिएको निर्णय सुनाए ।

आफ्नो लिखित आदेशमा न्यायाधीशले भनेका छन्, ‘कानूनी प्रक्रिया अन्तर्गत आफ्नो गुनासाको समाधान खोज्नु कुनै पनि सभ्य समाजको विशेषता हो ।’

कुनै अपराधीलाई मृत्युदण्डको सजाय सुनाइए पनि कानूनी विकल्प खोज्नका लागि देशको कुनै पनि अदाललतले रोक्न नसक्ने न्यायाधीसले प्रतिक्रिया दिए ।

अदालतको निर्णय सुनेपछि निर्भयाकी आमा आशा देवी भावुक बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?