Comments Add Comment

चोरीमा संलग्न पूर्वहवल्दारसहितको गिरोह समातियो

१९ माघ, काठमाडौं । नेपाल प्रहरीका एक जना भगौडा हवल्दार समूह नै बनाएर चोरीमा सक्रिय रहेको पाइएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पूर्वहवल्दार दोलखाका ३० वर्षीय रवि कार्कीलाई चोरी आरोपमा पक्राउ गरेसँगै उनको विभिन्न अपराधिक घटनामा संलग्नता खुलेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा भन्छन्, ‘कार्कीसहित भंगालका १९ वर्षीय राजन खनाल र काभ्रेका २० वर्षीय उपेन्द्र खरेल मिलेर चोरीको ग्याङ नै चलाइरहेका थिए ।’ कार्की प्रहरी सेवा छाडेर भागेका थिए ।

थापाका अनुसार यो समूह दिउँसोमै कार लिएर चोरी गर्न हिँड्ने गरेको थियो । पछिल्लो पटक भत्केको पुलमा रहेको बालकुमार थपलियाको घरमा डेरा गरी बस्ने विष्णु कार्कीको कोठामा चोरी गरेपछि यो गिरोह समातिएको हो ।

‘कार्कीको कोठाबाट उनीहरुले २८ पुसमा दुई लाख रुपैयाँ नगद, २० तोला सुनका गहना र सामसुङ कम्पनीको एउटा मोबाइल चोरी गरेका थिए’, थापाले भने, ‘अनुसन्धानका क्रममा उनीहरुले गोकर्णेश्वर–५ मा रहेको निश्चल सुनचाँदी पसलमा गहना बिक्री गरेको खुलेको छ ।’

प्रहरीले चोरीको सामान सस्तोमा किनेपछि पसल सञ्चालक खोटाङको रुपाकोट–१२, जालपा घर भइ गोकर्णेश्वर बस्ने ४३ वर्षीय मौलबहादुर विक छन् ।

पक्राउ परेका चारै जनालाई चोरी मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । अदालतले अनुसन्धानका लागि ५ दिनको अनुमति दिएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले एक लाख २५ हजार रुपैयाँसहित चोरीमा प्रयोग भएको कार्कीको नाममा रहेको बा ३ च ६२७६ नम्बरको गाडी पनि बरामद गरेको छ ।

साथै, समूहका सदस्यको यसअघिको अपराध रेकर्ड पनि प्रहरीले खोजी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment